Daily Archives: 02/02/2010

मलेसियामा पिरतीको घर


Bimal Lamichhane (Kuwait)
मलेसियामा संघर्षरत साहित्यकार गानिन्द्र विवस सुब्बाको पहिलो कृति उपन्यास ‘पिरतीको घर’ आइतबार नेपाल पत्रकार महासंघ मलेसियाका उपाध्यक्ष विनो लामाको हातबाट युनिकचेन्चस्थित एनआरएनको कार्यलमा विमोचन भएको छ । मलेसियामा स्थापीत गजलकारको रुपमा समेत चिनिएका सुब्बा तेह्रथुम, फाक्चामारा निवासी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

राजदूतसंग स्पष्टिकरण माग


ढाकामा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार ब्याडमिन्टन खेलको शुभारम्भमा नेपालको पुरानो राष्ट्रिय धुन बजाइएको ’boutमा परराष्ट्र मन्त्रालयले राजदूत प्रदीप खतिवडासंग स्पष्टिकरण माग गरेको छ।
परराष्ट्रले आइतबार एक पत्र पठाई राजदूत खतिवडासंग लिखित स्पष्टिकरण मागेको हो । ब्याडमिन्टन खेलको शुभारम्भमा पुरानै राष्ट्रिय धुन ‘श्रीमान गम्भीर नेपाली’ बजाइएको थियो । ०६२/०६३को जनआन्दोलनपछि ‘सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली…’ गीतको धुनलाई राष्ट्रिय धुन बनाइएको थियो ।

मृत्युदण्ड पाएका नेपालीको जेलमै मृत्यु


लागूऔषध ओसारपसारको अभियोगमा दुई महिनाअघि मलेसियाकाको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीमध्ये साजन गुरुङ्को जेलभित्रै मृत्यु भएको छ । नुवाकोट किम्ताङ ९ का साजन गुरुङको माघ ६ गते मृत्यु भएको उनका दाजु रामबहादुर गुरुङले जानकारी दिनुभयो । मृतक गुरुङसँगै नुवाकोटकै हरिबहादुर घलेलाई अदालतले नोभेम्बर २६ मा मृत्युदण्डको सजाय सुनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज्वाला समुह र प्रहरीबीच भिडन्त, सैन्य कमाण्डर मारिए


पर्साको महुवनमा आज साँझ प्रहरी र भूमीगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहबीच दोहोरो भिडन्त हुँदा मोर्चाका एक जना सैन्य कमाण्डर मारिएका छन । दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर मोर्चाका सैन्य कमाण्डर कालीचरण मारिएको जिल्ला प्रहरी कार्यालय पर्साले दाबी गरेको छ । फिरौतीको रकम लिन मोटरसाइकलमा जाँदै गरेका मोर्चाका दुइ जना कार्यकर्तालाइ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पछयाउदै जाँदा महुवन र गम्हरीयाको बिचमा बेलुकी साढे ६ बजे दोहोरो भिडन्त भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुमारी आमा बनेका नेपालीको संख्या ”कुबेती” जेलमा बढ्दो


गोपाल संग्रौला,

 रोजगारदाता कुवेतीको यौनशोषणमा परी अवैध गर्भधारण गरेको अभियोगमा कुबेती जेलमा बन्दी हुन बाध्य नेपाली महिला कामदारको संख्या बढ्दै गइरहेको छ।

कुबेतको जिलिबस्थित सफर जेलसहित अन्य जेलमा रहेका २ सय ४२ नेपाली कामदारमध्ये ३२ जना महिला बच्चासहित बन्दी जीवन बिताइरहेको त्यहाँ कार्यरत आरबी बुढाथोकीले जानकारी दिएका छन्। जसमध्ये कतिपय गर्भवती भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

घाइतेले पनि दिलाइन् कांस्य


निरञ्जन राजवंशी, (सावर, बंगलादेश),

देबु थापाले ११औं दक्षिण एसियाली खेलकुदमा बहादुरीको अलग्गै कथा रचिन्। ढाकाबाट ४८ किमी टाढा बीकेएसपी जिम्न्याजियममा सोमबार ओलम्पियन जुडो खेलाडी देबुले कांस्य पदक जित्दाको दृश्य निकै रोमाञ्चक थियो। उनको कांस्य पदक स्वर्ण जिदा निकै महत्त्वपूर्ण थियो। सायद उनको जीवनको सबैभन्दा यादगार पनि। पढ्नेक्रम जारी राख्नुहोस्