सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने


सरकारले सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षमा सिंहदरवारमा सोमबार बसेको उच्चस्तरीय राष्ट्रिय साक्षरता अभियान समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले १५ वर्षदेखि ६० वर्ष उम्मेरसम्मका ६० लाख निरक्षर व्यक्तिलाई साक्षर बनाउन आगामी फागुन १ गतेदेखि अभियान प्रारम्भ गर्ने निर्णय गरेको छ । अभियानमा सहयोग पुर्‍याउन शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका पदाधिकारीलगायतका सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय पनि गरेको छ । सन् २०१५ सम्ममा निरक्षरको सङ्ख्या आधा कम गर्न प्रारम्भ गरिएको सो अभियानअन्तर्गत गत वर्ष करिब १८ लाख साक्षर भएका थिए भने यसवर्ष करिब १२ लाखलाई साक्षर बनाउने कार्यक्रम रहेको छ । यस कार्यका लागि जिल्ला तथा केन्द्रस्तरमा अभिमुखीकरण गोष्ठी, तालिम सञ्चालन, तथ्याङ्क सङ्कलन, प्रचार प्रसार र ३२ हजार विद्यालयका प्रधानाध्यापकलाई आहृवानपत्र पठाउने कार्य गरिसकिएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.