बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचार्ड नेपालको ५ दिने भ्रमणका लागि विहीबार नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणको लागि बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचार्ड विहीबार नेपाल आउन लाग्नु भएको सैनिक जनसम्पर्क निर्देशानालयले जनाएको छ । माघ २५ गते सम्मको नेपाल बसाईमा उहाँले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्रि विद्यादेवि भण्डारी र प्रधान सेनापति छत्रमान सिंहसँग भेट्ने कार्यक्रम रहेको छ । रिचार्डले पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्ने, बि्रटिस गोरखा पोखराले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने निर्देशानालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सेनाध्यक्ष आगामी माघ २६ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ ।