बुटवलमा हतियार बरामद


प्रहरीले बुटवलमा अवैध हतियार र लागूऔषध गाँजा बरामद गरेको छ । बुटवलको अस्पताल लाइनमा चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको भे१च ९२७ नं. को गाडीमा खानतलासी गर्दा ९ एमएन पेस्तोल, त्यसमा प्रयोग हुने पाँच राउन्ड गोली र तीनसय ग्राम गाँजा फेला परेको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त गाडीका चालक फक्लुङ-४ तेह्रथुमका दिलप्रसाद उप्रेती गाडीका कागजात लिन भनेर गएको तर दुई दिनसम्म सम्पर्कमा नआएपछि गाडीको खानतलासी गर्दा हतियार र गाँजा फेला परेको हो । पक्राउ परेको गाडीका धनी दाङ त्रिभुवननगर नगरपालिका-९ का किशोर केसीलाई प्रहरीले हतियार तथा खरखजाना अन्तर्गतको मुद्दा चलाउने बताइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.