प्रधानमन्त्री र जियाङवीच भेटवार्ता


प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्रीचीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङजियायो जियाङवीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ घनीभूत बनाउनेलगायत आपसी हित र चासोका ’boutमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री नेपालले नेपालको शान्ति स्थापना र विकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । साथै भेटमा प्रधानमन्त्री नेपालले हालै गर्नुभएको चीन भ्रमणका क्रममा कृषिमा आधारित उद्योग, पूर्वाधार विकास, जलविद्युत र पर्यटनका क्षेत्रमा चिनियाँ लगानी बढाउन गर्नुभएको आग्रहका ’boutमा पनि छलफल भएको थियो । भेटमा चिनियाँ पक्षबाट जलविद्युत र प्राविधिक क्षेत्रमा सहयोग गर्ने चासो व्यक्त भएको पनि भट्टराईले जानकारी दिनुभयो । भेटका अवसरमा नेपालका लागि चिनियाँ राजदूत क्यु गो होङ पनि उपस्थित हुनुहुन्थ्यो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.