नेपाल राष्ट्र बैंक आजदेखि गभर्नरविहीन भएको छ । विजयनाथ भट्टराईको पदावधि आइतबारदेखि सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन भएको हो । हाल कार्यरत डेपुटि गभर्नर कृष्णबहादुर मानन्धरले कायम मुकायम गभर्नरको रुपमा काम सम्हाल्नुभएको छ । नयाँ गभर्नर नियुक्तिमा दलहरुबीच विवाद भएपछि केही दिन राष्ट्र बैंक गभर्नरविहीन हुने पक्का छ ।