भारतद्वारा नेपाली सीमा अतिक्रमणमा चीनको चासो


टपेन्द्र कार्की

लिम्पियाधुरामा नेपाली सेना खटाउनुपर्ने / चीनले नेपाललाई अत्याधुनिक हतियार दिने / भारतको एयरमार्सल प्रस्ताव कानुनविपरीत,

 विवादित कालापानी क्षेत्रमा आफ्नो दाबी कायम राख्न नेपाल सरकारलाई सुझाव दिँदै चीनले त्यसमा आफ्नो  परमाणु सहयोग रहने आश्वासन दिएको छ । माओवादीले राष्ट्रिय स्वाधीनताका नाममा भारतीय पक्षबाट नेपालीभूमि अतिक्रमणविरुद्ध आन्दोलन गरिरहेका बेला अर्को छिमेकी चीनको यस्तो धारणा आएको हो । चिनियाँ अधिकारीहरूले शुक्रबार गृहमन्त्री भीम रावललाई भेटेर सुदूरपश्चिम दार्चुलास्थित नेपाल-भारत-त्रिबिन्दु लिम्पियाधुरामा नेपालले आफ्नो सेना वा सुरक्षा बल राख्न चाहे चीनले  परमाणु सहयोग दिने आश्वासनसमेत दिएको छ । गृहमन्त्री रावल अर्को महिना चीन भ्रमणमा जाँदै छन् । सोही भ्रमण’bout छलफल गर्न चिनियाँ टोलीले उनलाई गृहमन्त्रालयमा भेटेको हो । मन्त्रालय स्रोतका अनुसार चीनले नेपाली सुरक्षा बलका लागि आवश्यक पर्ने आधुनिक स्वचालित हतियार, उपकरण र तालिमका लागि पनि सहयोग गर्ने आश्वासन दिएको छ । चिनियाँ अधिकारीहरूले नेपाली सुरक्षा बलका लागि पाँचवटा हेलिकोप्टर दिने जानकारी गराएका छन् । नेपाल आउने र जाने आफ्ना विमानहरूमा एयर मार्सल राख्न दिनुपर्ने भारतीय आग्रहप्रति आपत्ति जनाउँदै चिनियाँ टोलीले त्यो अन्तरराष्टिय हवाइ उड्डयन कानुनविपरीत हुने बताएको छ । चिनियाँ पक्षले नेपाललाई थप सहयोग उपलब्ध गराउनका लागि वाषिर्क अनुदान बजेटमा वृद्धि गर्न तयार रहेको आश्वासन पनि दिएको छ । ‘भेटमा चिनियाँ अधिकारीले लिम्पियाधुरामा नेपाली सुरक्षा बल तैनाथ गर्नुपर्ने विषय उठाएको थियो,’ स्रोतले भन्यो, ‘तिब्बती सीमा क्षेत्रमा पनि नेपालले आफ्ना सुरक्षाकर्मीको गतिविधि बढाओस् भन्ने चीनको चाहना छ ।’ सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको गतिविधि बढे स्वतन्त्र तिब्बत पक्षधर हतोत्साहित हुने अपेक्षा चीनले राखेको भेटमा सहभागी चिनियाँ अधिकारीहरूले बताएका थिए ।

स्रोतका अनुसार चिनियाँ पक्षले सीमा क्षेत्रमा नेपाली सुरक्षा बल स्थापनाका लागि विभिन्न पाँच चरणको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् । पहिलो चरणमा संयुक्त सीमा सुरक्षा तालिम, त्यसपछि क्रमशः सुरक्षा उपकरण उपलब्ध गराउने, मध्यपहाडी राजमार्ग निर्माण गर्ने, विकासका लागि बजेट बढाउने र सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको आवासलगायत आवश्यक सामग्री उपलब्ध गराउने योजना चीनले प्रस्तुत गरेको छ । यसअघि चिनियाँ पक्षले एक करोड रुपैयाँ बराबरको सुरक्षा उपकरण उपलब्ध गराउने जनाएको थियो । मन्त्रालयमा त्यस’bout पनि छलफल भएको थियो । तर चीनबाट कस्ता सुरक्षा उपकरण ल्याउने भन्ने विषयमा कुनै निर्माण भएको छैन । नेपाल प्रहरीले केही समयअघि एलसी खोलेर चाइनिज पेस्तोल खरिद गरेको थियो । आउँदो फेब्रुअरी महिनाको मध्यमा नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक सनतकुमार बस्नेतलाई लिएर गृहमन्त्री रावल चीन भ्रमणमा जाने कार्यक्रम तय भइसकेको छ । नेपाल-चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल तैनाथ गर्न दुवै देशका अधिकारीले अध्ययन भ्रमण सम्पन्न गरिसकेका छन् । त्यसअनुरूप करिब चार हजार सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.