जापनले नेपाललाई ३५ करोड ७९ लाख नेपाली रुपैयाँ सहयोग गर्ने


जापन सरकारले सोलार इलेक्ट्रीसिटी जेनेरशन सिस्टमका लागि नेपाललाई ३५ करोड ७९ लाख नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा अर्थसचिव रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापनी राजदूत बद्सुओ मिजुनोले उक्त सहयोग सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।

सहयोग पत्रमा हस्ताक्षर गर्दै जापनी राजदूत मिजुनोले यस आयोजना निर्माण भएपछि विश्वव्यापी तामक्रमलाई सन्तुलनमा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै मिजुनोले दुईदेशवीचको आपसी हितविस्तारका लागि आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो । अर्थसचिव खनालले लोडसेडिङको चपेटमा पर्दै आएका राजधानीका जनतालाई यसले सहयोग पुर्‍याउनु विश्वास व्यक्त गर्नुभयो । काठमाण्डौ उपत्यका खानेपानी लिमेटेडले सञ्चालन गर्ने आयोजनाको कार्यालय ललितपुरस्थित धोवीघाटमा रहने सहमति भएको छ । आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.