अफ्ठारो छ नयाँ संविधान तोकिएकै समयमा बन्न


गणतन्त्र नेपालको नयाँ संबिधान जारी हुने दिन जती-जती नजिकै गएको छ उती-उती राजनीतिक पाटिहरुको दुरी टाढिंदै गएकोछ । यस्तो अवस्थामा के नेपालको संबिधान तोकिएकै समय जेष्ठ १४ २०६७ मा जारी होला ? सबैलाई शंका-उपशंका पैदा गरेकोछ । रक्षामन्त्री बिधा भण्डारीले सेना समायोजन् सम्बन्धि दिने अभिब्यक्ती, उपप्रधानमन्त्री सुजाता कोइरालाले कहिले संघियता जानु अघी जतमत संग्रह गर्नु पर्ने कुरा, राष्ट्रिय जनमोर्चाको संघियता बिरोध, माओवादीको नागरिक सर्बोच्चको र राष्ट्रिय स्वाधिन्ताको आन्दोलनले कुन रुप् लिने हो । मधेशी जन अधिकार फोरम नेपाल र थारुवटको आन्दोलनले कुन दिशा लिने हो । प्रधानमन्त्री र राष्ट्रपती शक्तिसालीको हुने जस्ता बिषयमा नेकपा एमाले भित्रै पनि दुइ धार् भै काग्रेस र माओवादीले सारेका अवधारणामा बिभाजित भएका छन । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ्गले राजनीतिक दलका शीर्ष नेताहरुलाई संविधान नबनुन्जेल राजधानीमै रहन र सम्बिधान निर्माणमा केन्द्रित हुन आग्रह गरिसकेका छन् ।

संबिधान निर्माणका लागि आपसी सहमति हुनुपर्ने विषयहरुमा संघीय रुवरुपमा देशलाई रुपान्तरण गर्दा बनाउने प्रदेशको संख्या सीमा नामाकरण र जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय वा प्रधानमन्त्रीय प्रणाली अथवा संसदीय व्यवस्था कस्तो राजनीतिक प्रणाली अपनाउने भन्ने बिषय, देशको संघीय र प्रादेशिक व्यवस्थापिका एक वा दुई सदनात्मक हुने मुद्धा प्रमुख विवादका विषय छन् । यी कुराको टुङ्गो नलागिकन समयमै सम्बिधान जारी हुनसक्ने देखिन्न । सहमति हुन नसकेका अन्य विषयहरुमा संघ र प्रदेशको व्यवस्थापिका समावेशी बनाउन कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने बिषय, के-के अधिकारलाई मौलिक हकमा राख्ने कतिवटा मौलिक हक राख्ने मुद्धा, अल्पसंख्यक र सीमान्तीकृत समुदायलाई अग्राधिकार वा विशेष व्यवस्था संवैधानिक आयोग कतिवटा र के-के बनाउने बिषयपनि विवादका रुपमा छन् ।

न्यायाधीशको नियुक्ति र वर्खास्ती व्यवस्थापिकाले गर्ने-नगर्ने, सर्वोच्च अदालतको प्रधानन्यायाधीश योग्यता पुगेका व्यक्ति न्यायालयबाहिरबाट नियुक्त गर्ने वा सर्वोच्च अदालतका न्यायाधीशबाट मात्र गर्ने, संविधान र कानूनको व्याख्या संसद्ले गर्ने वा सर्वोच्च अदालतले गर्ने बिषयपनि विवादको रुपमा रहेको देखिएको छ । यि सबै बिषयमा राजनीतिक दलहरु सहमतिमा पुग्न सकेका छैनन् । तर सम्बिधान निर्माणमा सबैभन्दा ठूलो समस्या अहिलेपनि राजनीतिक नै देखिएको छ । माओवादी नेतृत्वको सरकारको पालामा निलम्बन गरिएका प्रधानसेनापतिलाई पुनर्वहाली गर्न राष्ट्रपतिले चालेको कदम, सेना समायोजन लगायतका बिषय पनि संविधान निर्माणसँग जॊडिएका बिषय हुन् । यी दुई बिषयहरुमा राजनीतिक दलहरुबीच अहिलेपनि सहमति हुन सकेको छैन ।

बरु अन्य विषयहरुमा तत्काल सहमति जुट्न सक्ला, तर यी बिषयहरुमा सहमति जुट्ने सम्भावना तत्कालका लागि देखिएको छैन । यो ४ महिना भित्र राजनीतिक पाटिको सम्बन्ध कस्तो हुन्छ। गिरिजा बाबु, प्रचन्ड र झलनाथको सम्यन्त्रले कस्तो भूमिका खेल्ने हो । नेपाली जनताको भाबनालाइ बुझेर नेताजीहरु पाइला चाल्ने हुन्कि खालि ६०१ जनाले भत्ता पचाउन् मा ब्यस्थ रहने हुन् त्यो त आउने दिनमा देख्न पाइनेछ । बेला बेलामा नेता कहलिएका र मन्त्रि भनौदाहरुले दिने गरेका बिचारले पनि संविधान बनाउने प्रकियामा अफ्ठारो पारी रहेको अनुमान् गर्न सकिन्छ ।

One response to “अफ्ठारो छ नयाँ संविधान तोकिएकै समयमा बन्न

  1. Pakkai pani अफ्ठारो छ Nabaraj ji….!!
    यस्तो अवस्थामा के नेपालको संबिधान तोकिएकै समय जेष्ठ १४ २०६७ मा जारी होला ? सबैलाई शंका-उपशंका पैदा गरेकोछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.