भारतिय राजदुत राकेश सुदले सन् १९५० को शान्ति तथा मैत्रि सन्धी परिमार्जन गर्न तयार रहेको कुरा भारतले धेरै पटक दोहोर्याएको तर नेपाली पक्षले नै आवश्यक तयारी गर्न नसकेकाले त्यसतर्फकेही प्रगति नभएको आरोप लगाउनु भएको छ । काठमाडौंमा हिजो आयोजित एक कार्यक्रममा आक्रोशित ढंगले प्रस्तुत हुनु भएका राजदुत सुदले तत्कालिन प्रधानमन्त्री प्रचण्डदेखि लिएर प्रधानमन्त्री माधवकुमार नेपालसम्मको भारत भ्रमण र हालै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका बेला समेत भारतले सन्धी परिमार्जन गर्न तयार रहेको बताएको तर नेपाली पक्ष नै तयारीका साथ प्रस्तुत हुन नसकेको बताउनु भयो ।
भारतले उदारता देखाउदा देखाउदै पनि नेपालले प्रगति गर्न नसकेको आशय व्यक्त गर्दै राजदुत सुदले वाणिज्य सन्धी परिमार्जन, २६ वटा व्यापार नाका लगायतका सुविधा दिदा पनि निर्यात बृद्धि गर्न नसक्नु नेपालकै कमजोरी भएको बताउनु भयो । महाकाली सन्धी भएको १३ वर्ष पुग्दा पनि परियोजनाको काम अघि बढन नसक्नुमा पनि नेपाली पक्षको नै कमजोरी देखाउदै राजदुत सुदले समयमा काम शुरु भएको भए नेपालले अहिलेको लोड सेडिङ्गको मार खप्न पर्ने थिएन भन्ने तर्क गर्नु भयो । गुमेका अवसरहरुको मुल्यको वारेमा सोच्नु आवश्यक रहेको सल्लाह दिदै सुदले नेपाली जनताले दशकौं सम्म टिक्ने धर्म निरपेक्ष र लोकतान्त्रिक संविधान प्राप्त गर्ने आशा व्यक्त गर्नुभएको थियो ।