सभाध्यक्ष नेम्बाङसँग नेताहरुको भेट


संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग नेकपा (एमाले) का संसदीय दलका नेता झलनाथ खनाल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एकीकृत नेकपा (माओवादी) संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले बिहीबार भेट गर्नुभयो । संविधानसभा भवन नयाँबानेश्वरस्थित सभाध्यक्ष नेम्बाङको कार्यकक्षमा मुलुकका प्रमुख तीन राजनीतिक पार्टी, संसदीय दलका नेता र उपनेतासँग भएको विशेष भेटघाटका क्रममा जनादेशबमोजिमको संविधान घोषित मितिमा निर्माण गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
भेटपछि एमाले संसदीय दलका नेता खनालले सञ्चारकर्मीसँग कुरा गर्दै संविधान निर्माण गर्ने अवधि छोटिंदै गएको अवस्थामा  आगामी संविधानसभाको बैठकमा शीर्ष नेताको उपस्थितिका लागि सभाध्यक्ष नेम्बाङले आफूहरूसमक्ष आग्रह गर्नुभएको जानकारी दिनुभयो । अध्यक्ष खनालले संविधानसभाअन्तर्गत विभिन्न विषयगत समितिमा बाझिएका मुद्दालाई संवैधानिक समितिको आगामी बैठकबाट टुङ्गो लगाउन समितिको आगामी बैठकमा शीर्ष नेताको उपस्थिति आवश्यक रहेकामा सभाध्यक्षले ध्यानाकर्षण गराउनुभएको बताउनुभयो ।
संविधान निर्माण प्रक्रिया अघि बढिरहेको र घोषित मितिमा नै सर्वस्वीकार्य संविधान निर्माण हुने विषयमा आमजनतालाई प्रत्याभूत गर्न तथा सहमति र सहकार्यमा जोड दिन सभाध्यक्षले आग्रह गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो । सभाध्यक्षबाट व्यक्त चिन्ता र चासोप्रति आफूहरूको विशेष ध्यान गएको र संविधान निर्माणका क्रममा हदैसम्मको लचकता प्रदर्शन गरी सक्दो सहयोग र सहकार्य गर्न प्रमुख तीन राजनीतिक पार्टी तयार रहेको उहाँले बताउनुभयो ।

यसैक्रममा शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको उहाँले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.