संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग नेकपा (एमाले) का संसदीय दलका नेता झलनाथ खनाल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एकीकृत नेकपा (माओवादी) संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले बिहीबार भेट गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/01/2010
१९५० को सन्धी परिमार्जन गर्न भारत तयार
भारतिय राजदुत राकेश सुदले सन् १९५० को शान्ति तथा मैत्रि सन्धी परिमार्जन गर्न तयार रहेको कुरा भारतले धेरै पटक दोहोर्याएको तर नेपाली पक्षले नै आवश्यक तयारी गर्न नसकेकाले त्यसतर्फकेही प्रगति नभएको आरोप लगाउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पोखरामा तीन पर्यटक बेपत्ता
पोखरा घुम्न आएका तीन विदेशी पर्यटक पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा अवलोकनका क्रममा बुधबार साँझदेखि बेपत्ता भएका छन् ।पोखरा उपमहानगरपालिका वडा नम्बर १७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा अवलोकनका लागि आएका एक भारतीय र दुई कोरियन पर्यटक गुफाभित्र छिरेपछि बेपत्ता भएका प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
इन्डोनेसियाको महावाणिज्य दूतमा चन्द्र ढकाल नियुक्त
नेपालका लागि इन्डोनेसियाको अवैतनिक महावाणिज्य दूतमा चन्द्रप्रसाद ढकाललाई नियुक्त गर्ने प्रस्तावलाई नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्डोनेसिया सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेपछि ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्य दूत बनेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सेनाका दुई सहायकरथीको बढुवा
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका सहायकरथी नरबहादुर कडेँल र नरेन्द्रबहादुर रावललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। जंगीअड्डाले दुई महिनाअघि नै कडेललाई पश्चिम पृतना पोखरा र रावललाई पूर्वी पृतना इटहरीमा निमित्त प्रमुखको कार्यभार दिएर पठाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार