सन्तोष न्यौपाने (बेल्जियम)
बेल्जियमको ब्रुज सहरमा नेपाली भाषा कक्षा आइतबारबाट संचालन भएको छ । बेल्जियममा जन्मेका तथा नेपालमा जन्म भई आएका बालकालिकाहरुको लागि नेपालि भाषा र संस्कृतिको ज्ञान दिने उद्दश्यले उक्त कक्षा सुरु भएको हो । उक्त कक्षामा ४ देखि १२ वर्ष सम्मका बालबालिकाहरुका लागि नि:शुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । प्रत्येक आइतबार बिहान दश बजेबाट बाह्र बजे सम्म अध्ययन गराइने पहिलो कक्षामा १२ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । विधयार्थिको संख्यामा अझै वृद्धि हुने अभिभावकहरुले बताएका छन । हिमालयन प्रोजेक्टले शैक्षिक सामाग्रि उपलब्ध गराएको उक्त कक्षाको सन्तोष न्यौपाने र आवाज अधिकारीले प्रशिक्षण दिएका छन ।
Ram Shrestha NRNA-Saudi