Daily Archives: 26/01/2010

ब्रुजमा नेपाली भाषा कक्षा संचालन


सन्तोष न्यौपाने (बेल्जियम)

बेल्जियमको ब्रुज सहरमा नेपाली भाषा कक्षा आइतबारबाट संचालन भएको छ । बेल्जियममा जन्मेका तथा नेपालमा जन्म भई आएका बालकालिकाहरुको लागि नेपालि भाषा र संस्कृतिको ज्ञान दिने उद्दश्यले उक्त कक्षा सुरु भएको हो । उक्त कक्षामा ४ देखि १२ वर्ष सम्मका बालबालिकाहरुका लागि नि:शुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भलिवल प्रतियोगिता सम्बन्धी सम्शोधित सूचना !!


कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी २९ जनवरी २०१०, शुक्रवारको दिन, हालै मात्र कुवेत नगरीमा संगठित सँस्था “काली गण्डकी बचत समुह नेपाल, कुवेत” को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता हुन गई रहेको हुँदा सम्पूर्ण ईच्छुक नेपाली भलिवल टिमहरुलाई उक्त प्रतियोगितामा सहभागिताको लागि आव्हान गर्दै दर्ता नभएका टिमहरुलाई यथाशिघ्र हामीलाई संपर्क गरी दर्ता गराउन पुन: अनुरोध गरिन्छ । प्रतियोगिता हुने स्थान, समय, मिति, दर्ता शुल्क र हाम्रो संपर्क निम्न बमोजिम छन ।

टिम दर्ता शुल्क (Entry Fees) : केडि १२.००० (KD 12.000 only)

मिति / समय : २९ जनवरी २०१० / बिहानको ठीक ९ बजे
स्थान : मङ्गाफ भलिवल मैदान, कुवेत

संपर्क : ६५९९९११२-आशिष, ६५६१६१२७-नेत्र, ५५९१६२५५-ज्याकी

प्रतियोगितामा बिजयी हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको समेत जानकारी गराईन्छ ।

आयोजक : काली गण्डकी बचत समुह नेपाल, कुवेत

सुन आयातमा भएको कडाइले कारोबारमा गिरावट


नेपाल राष्ट्र बैङ्कले सुन आयातमा गरेको कडाइले नेपाली बजारमा सुनको कारोबारमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बढ्दो सुन आयातले व्यापार घाटा बढाएको र यसमा हुनेगरेको लगानीसमेत जोखिममा रहेको भन्दै आयातमा कडाइ गरेको थियो । नेपालमा आयातित सुन छिमेकी भारतीय बजारमा गैरकानुनी रूपबाट निकासी भएको राष्ट्र बैङ्क स्रोतको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्

पर्यटकीय नगर पोखरा दुर्गन्धित बन्दै


स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण फोहोर उठ्न नसक्दा पर्यटकीय नगर पोखरा दुर्गन्धित भएको छ । पोखराको मुख्य चोकहरु महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक, बगरलगायतका क्षेत्रमा यतिखेर फोहोरको थुप्रो देखिन्छ । नगरमा फोहोर थुप्रीँदै गएपछि उक्त बाटो भएर ’round गर्ने सर्वसाधारण नाक थुनेर हिड्न बाध्य भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सिराहाका ५३ वटा सिमा स्तम्भ गायब


भारतसँग सिमा जोडिएका सिराहाको ५३ वटा सिमा स्तम्भ गायब भएको तथ्य सार्वजनिक भएको छ । यहाँ रहेको कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायब भएको हो । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय, सिराहाको तथ्यांक अनुसार कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायव भएको छ भने ८५ वटा सिमा स्तम्भ मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेतालाई गाली गर्नुभन्दा पहिला


डा. डोलेश्वर भण्डारी

“जुन जोगी आए पनि कानै चिरेको”, “नेता जति सबै चोर छन्”, “नेता जति सबैलाई बोरामा हालेर खोलामा बगाउनु पर्छ अनि मात्र देशमा केही हुन्छ”, “भुँडी नभएका कोही छैनन्”, “गिरिजा नमरी यो देशमा केही हुँदैन”, “माकुनेले के देश चलाउनु”, “यो देशलाई एउटा जंगबहादुर चाहिया छ”, पढ्नेक्रम जारी राख्नुहोस्

दुर्घटनामा ३ को मृत्यु, एक घाइते


मुलुकका विभिन्न स्थानमा आज भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । विराटनगरमा आज विहान को ५ प ३६६१ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ७ वर्षीय बालक दिपेश रानाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रानाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बुटवलमा कृषि मेला शुरु हहुँदै


बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आजबाट बुटवलमा कृषि मेला २०६६ शुरु हुदैछ । बजारमुखि कृषिको आधार सम्मुन्तः नेपालको पुर्वाधार भन्ने मुल नाराका साथ बुटवलको वाल मन्दिरमा आजबाट आगामि शनिबार पाँचदिनसम्म मेला संचालन हुने छ । पढ्नेक्रम जारी राख्नुहोस्