नेपालमा ‘मिस इन्डिया’ चुनिने


नेपालमा मिस नेपाल नामको एउटा सौन्दर्य प्रतियोगिता हुने गर्छ । त्यस बाहेक मिस टिन, मिस मंगोल, मिस शेर्पा, मिस नेवाः आदि के के हो के के सौन्दर्य प्रतियोगिता पनि हुने गर्छ । तर यस पटक भने भारतले मिस इन्डियाको खोजी नेपालमा पनि गर्ने भएछ । भारतमा सुन्दरीको कमी भएर त्यसो गरेको भने हैन होला । नेपालमा खोजिने भारतीय सुन्दरी प्रतियोगिताको विज्ञापन भारत कै लगानी भएको पत्रिका दि हिमालयन टाइम्समा हिजो छापिएको छ । प्रतियोगिताको नाम ‘मिस इन्डिया वर्ल्डवाइड’ राखिएको छ । यसमा सहभागी हुन नेपालमा बसिरहेका भारतीय मूलका नागरिक हुनुपर्ने शर्त राखिएको छ ।

पहिलो पटक नेपालमा हुन लागेको यस्तो प्रतियोगिताको आयोजना नेपलिज काउन्सिल नामको संस्थाले गरेको रहेछ । १८ देखि २७ वर्षसम्मकी युवतीलाई फाराम भर्न आह्वान गरिएको विज्ञापनमा फाराम काठमाडौँ, पोखरा, वीरगञ्ज, विराटनगर, नेपालगन्ज र धरानमा समेत पाइने भनिएको छ । भारत र नेपालबीच विशेष मैत्रि सन्धी भएको हुनाले दुवै देशका नागरिक एक अर्काको देशमा भिसा बिना व्यापार व्यवसाय गरी बस्न पाउँछन् । यस्तो सुविधा अरु देशका नागरिकलाई छैन । त्यसैले मिस इन्डिया वर्ल्डवाइड जस्तो मिस चाइना, मिस बंगलादेश, मिस अमेरिका चाहिँ नेपालमा हुन गाह्रै छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.