चितवनको माडि बसन्तपुरमा नेपाल टेलिकमले सोलार सिस्टम बाट विटियस संचालनमा ल्याएको छ । चितवनको दुर्गम भेगमा माडिमा मोबाइलको सिङनल नहुदा अत्याधिक समस्या रहेको थियो । टेलिकमका प्राविधिकले ७ दिन लगाएर सोलर सिस्टमबाट विटियस संचालनमा ल्याएको हो । सोलार क्षमताबान रहेको र लाखौ रुपैयाको लगानीमा सोलर सिस्टमको विटियस संचालनमा ल्याएको नेपाल टेलिकम चितवन कार्यालयले जनाएको छ । विजुलि नभएका भेगमा टेलिकमले १ हजार क्षमताको विटियस टावर सोलरबाट संचालनमा ल्याएको टेलिकमका इन्जीनियर चिरन्जीबी घिमीरेले जानकारी दिनुभयो । बसन्तपुरमा राखिएको टावरबाट जिएसएम मोवाईलका ग्राहकहरुलाई सहज रुपमा मोबाइल प्रयोग गर्न सक्नेछ ।
Source: nepal arab