क्षेत्रिले राज्य पुनर्सरचनाको मस्यौदा जलाए


संविधान सभाको राज्य पुनर्संरचना तथा शक्ति बाँडफाड समितिले माघ ६ गते बहुमतले राज्य पुनर्रसंरचना प्रस्ताव बहुमतले पारित गरेको भन्दै क्षेत्रि समाज नेपालले त्यसको विरोध गदै पोखरामा समितिको मस्यौदा जलाएको छ । समितिले नेपाललाई १२ गणराज्य मध्य, दश जातीय आधारमा बनाउने निर्णर्य बहुमतले पारित गरेको भन्दै राज्य पुनर्रसंरचना तथा शक्ति बाडफाँड समितिले संविधान सभामा बुझाएको विरोधमा मस्यौदा जलाएको हो । क्षेत्रि समाज नेपालको कार्यालय शान्तिवनकाटिका बाट निस्केको र्‍यालिले पृथ्वीचोकमा पुगेर सो मस्यौदा जलाएको हो । र्‍यालीमा सहभागिहरुले जातीय राज्य चाहिदैन देश टुक्राउन पाइदैन, जातीय राज्य चाहिदैन र राजतन्त्र पुनराबृत्ति गर्न पाइदैन जस्ता नारा लगाएका थिए । हजारौको संख्यामा रहेका क्षत्रिहरुले जातीय राज्यको नाममा देशलाई टुक्राउन खोजिएको आरोप लगाए ।

अखण्ड नेपालका पक्षपाती, जातिय सद्भाव र राष्ट्रिय एकता, राष्ट्रप्रेम, स्वाभिमानी नेपालीहरुको मन दुखाउने गरि विखण्डनकारी प्रस्ताव ल्याउनु गम्भिर र ऐतिहासिक भुल भएको समाजले आरोप् लगाएको छ । एक सय एक राज्य रहेको नेपालमा दश ओटा जातिको नाममा राज्य दिएर अन्य जातिहरु चुप लागेर नवस्ने चेतावनी समेत उनिहरुले दिएका छन । समाजले कुनै जातिको अग्राधिकार र कुनै जातिको न्यून अधिकार जस्ता विभेदलाई सहेर नवस्ने बताएको छ । समाजले राज्यको पुनर्संरचना गर्दा भौगोलिक अनुकुलता, प्रशासनिक सुगमता, श्रोत साधनको उपलब्धता तथा सांस्कृतिक र सामाजिक एक रुपताका आधारमा गदै अविलम्व संशोधन गर्न माग गरेको छ ।

शालिन र हार्दिकताको अनुरोधलाई कमजोरी ठान्ने कुचेष्टा भए नेपाल भरी बस्ने ६० लाख क्षत्रीहरु आन्दोलनमा उत्रिन बाध्य हुने समाजका महासचिव कुमार बहादुर खड्काले बताउनु भयो । आन्दोलनको आधिवेहरीबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ठूला पार्टीका ६०१ सभाषद्हरुले लिनुपर्ने महासचिव खडकाले बताउनुभयो । क्षत्रि जातिको अपनत्व नहुने नयाँ बन्ने संविधान जलाउन कुने दुनियाको ताकतले रोक्न नसक्ने महासविच खड्काले चेतावनी दिनुभयो । समाजले जातीय राज्यको विरोध गदै यहि माघ २८ गते काठमाडौमा २ लाख क्षत्रिले प्रदशन गर्ने बताएको छ ।

One response to “क्षेत्रिले राज्य पुनर्सरचनाको मस्यौदा जलाए

  1. nepal ma jatiye himsa aba suru hudai chha.jas ko karan ki sanghiyeta rajjye samrachana parnalee mul karan ho.yo nepalko bidambana ko kura ho.ki hisila yami leta yo hamro newa rajjyema kasaile birodh julus garna paudaina vhnera rastirye janamorchako santee purna sanghiyetako birodh julus mathi jai lagne baktabya dinu vhyo.yehi bata chharlanga hunchha. aba nepalma k hunchha?bhanera neta haru deslai kun parnali ma ladai hunuhunchha bhanera.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.