Daily Archives: 25/01/2010

नेपाललाई जापानको सहयोग


नेपालमा जापानी राजदूतावासमा भएको सहयोग कार्यक्रममा जापानी राजदूत तथा नेपाली प्रतिनिधिहरु । सो अवसरमा जापानले नेपाललाई ४ करोड, ९९ लाख ४ हजार ९ सय २६ रुपैयाँ सहयोग गरेको छ। जापानले एक विज्ञप्ति निकालेर सो सहयोग गर्ने जनाएको हो ।

चितवनको माडिमा सोलारको मोबाईल टावर


चितवनको माडि बसन्तपुरमा नेपाल टेलिकमले सोलार सिस्टम बाट विटियस संचालनमा ल्याएको छ । चितवनको दुर्गम भेगमा माडिमा मोबाइलको सिङनल नहुदा अत्याधिक समस्या रहेको थियो । टेलिकमका प्राविधिकले ७ दिन लगाएर सोलर सिस्टमबाट विटियस संचालनमा ल्याएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

क्षेत्रिले राज्य पुनर्सरचनाको मस्यौदा जलाए


संविधान सभाको राज्य पुनर्संरचना तथा शक्ति बाँडफाड समितिले माघ ६ गते बहुमतले राज्य पुनर्रसंरचना प्रस्ताव बहुमतले पारित गरेको भन्दै क्षेत्रि समाज नेपालले त्यसको विरोध गदै पोखरामा समितिको मस्यौदा जलाएको छ । समितिले नेपाललाई १२ गणराज्य मध्य, दश जातीय आधारमा बनाउने निर्णर्य बहुमतले पारित गरेको भन्दै राज्य पुनर्रसंरचना तथा शक्ति बाडफाँड समितिले संविधान सभामा बुझाएको विरोधमा मस्यौदा जलाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

९२ यात्रु बोकेको इथियोपियन विमान दुर्घट्ना ग्रस्त


११ माघ, काठमाण्डौ । ९२ यात्रु बोकेको इथियोपियाको बिमान भू-मध्यसागरमा दुर्घट्नाग्रस्त भएको छ । लेबनानको राजधानी बेरुतबाट यात्रु लिएर उडेको विमान समुन्द्रमा दुर्घट्नाग्रस्त भएको बीबीसीले जनाएको छ । ईथियोपियाको राजधानी अदिस अब्बासका लागि उडेको ७७३ बोइङमा चालक दलका ९ जना र ८३ यात्रु रहेको अधिकारीहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा ‘मिस इन्डिया’ चुनिने


नेपालमा मिस नेपाल नामको एउटा सौन्दर्य प्रतियोगिता हुने गर्छ । त्यस बाहेक मिस टिन, मिस मंगोल, मिस शेर्पा, मिस नेवाः आदि के के हो के के सौन्दर्य प्रतियोगिता पनि हुने गर्छ । तर यस पटक भने भारतले मिस इन्डियाको खोजी नेपालमा पनि गर्ने भएछ । भारतमा सुन्दरीको कमी भएर त्यसो गरेको भने हैन होला । नेपालमा खोजिने भारतीय सुन्दरी प्रतियोगिताको विज्ञापन भारत कै लगानी भएको पत्रिका दि हिमालयन टाइम्समा हिजो छापिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सोलुखुम्बुको फाप्लुमा भीषण आगलागी


सोलुखुम्बुको सल्लेरी २ फाप्लुमा आइतबार  बिहान आगलागी हुँदा दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट गोरे विश्वकर्मा र दावा सेर्पाको घर जलेर नष्ट भएका हुन् । आगलागीमा परी विश्वकर्माको घरमा डेरा लिएर बस्दै आएकी याङजुम सेर्पा र सेर्पाको घरमा डेरा गरिबस्ने खोटाङ याम्खा ७ का महेन्द्रकुमार राई एवं तामाखानी ८ लोदिङका लाक्पा सेर्पा र लाक्पागेलु सेर्पाका पनि पढ्नेक्रम जारी राख्नुहोस्

जिप खस्दा आठको मृत्यु


बझाङको देउराबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको एउटा जिप आइतबार साँझ दुर्घटना हुँदा आठको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ना२च १९०१ नम्बरको जिप चौधारी गाविस-६, मोरीबगरमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये ६ जनाको मात्र सनाखत भएको छ । सो दुर्घटनामा भारत घर भई मोरीबगरमा बस्दै आएका धिरोज मुस्लिम, पढ्नेक्रम जारी राख्नुहोस्