Daily Archives: 24/01/2010

कामदार रोक्न सक्छौं: कुवेत


होम कार्की, काठमाडौ, २०६६ माघ ९-

अव्यवस्थित रूपमा पठाएको भन्दै कुवेत सरकारले नेपाली कामदारमा पूरै रोक लगाउन सक्ने चेतावनी दिएको छ । कुवेतस्थित नेपाली राजदूत मधुवन पौडेललाई कुवेती अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । उनले यस’bout परराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिइसकेको मन्त्रालयका एक अधिकारीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री कोशेली लिएर भट्टराई निवासमा


कुलचन्द्र न्यौपाने

आरामै हुनुहुन्छ किसुनजी ? प्रधानमन्त्री माधवकुमार नेपालले दुईपटक सोधे । श्रवणशक्तिको कमीका कारण किसुनजी हात जोडेर मुसुक्क हाँसी मात्र रहे । प्रधानमन्त्री थप के बोल्न खोज्दै थिए, किसुनजीले उछिने, ‘तपाईं जहाँ जानुहुन्छ, त्यहीँ सफलता मिलोस् । प्रधानमन्त्री नेपालले जवाफ दिए, किसुनजीको माया र आशीर्वाद रहिरहोस् म प्रति । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय विमानस्थलमा उच्च सुरक्षा निगरानी


भारत सरकारले आफ्ना सबै प्रमुख विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अलकायदासम्बद्ध लडाकूले विमान अपहरणको योजना बनाएको सुराकका कारण सबै विमानस्थलमा कडा सुरक्षा र्सतर्कता अपनाइएको हो । अपहरण योजना सफल भएको भए त्यो सन् २००८ को पढ्नेक्रम जारी राख्नुहोस्

शान्ति व्यवस्थापनमा सीमान्तीकृत वर्गका मुद्दाहरु


कृष्णहरि पुष्कर-

नेपाल अहिले द्घन्दको दोहरो विषम परिस्थितिबाट गुज्रीरहेको छ । नेपाल सरकार र ने.क.पा. माओवादीबिचको वृहत्त शान्ति सम्झौता, २०६३ पछि एकातिर द्घन्दपश्चातको सम्बेदनशील अवस्था छ भने अर्कोतिर देशका कतिपय भू-भागहरुमा दर्जनौ सशस्त्रधारी समुहहरु भुमिगतरुपमा राज्य विरुद्ध सशस्त्र युद्घ लडिरहेको भयावह स्थिति छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए-एनसीसी बहराइनद्धारा बेडहरु हस्तान्तरण


सन्तोष दाहाल (बहराइन)

एनआरएनए-एनसीसी जन कल्याणकारी कोष बहराइनका संयोजक श्री काजी थापा एनआरएनए-एनसीसी बहराइनकी सदस्य श्रीमती यग्यश्वरी मल्ल तामाङ्ग काईजेन ग्रुप अफ कम्पनीजका एमडी श्री मीङमार तामाङ्ग सोही कम्पनीका चेयरमेन श्री आरपी श्रेष्ठ हेल्पलेस कोलोनीकी केयरटेकर श्रीमती नानु राई र सो कोलोनीका सबै बालबालीकाको उपस्थितीमा एनआरएनए-एनसीसी बहराइनका पढ्नेक्रम जारी राख्नुहोस्

एमालेमा बबण्डर, शिर्ष नेतृत्वलाई कारवाहीको माग


९ माघ, नेकपा एमालेका सभासदहरुले पार्टी नितिविपरीत काम गर्ने आफ्नै नेताहरुलाई कारबाहीको माग गरेका छन् । गुटबन्दी गरेको भन्दै एमाले सभासदहरुले प्रधानमन्त्री माधवकुमार नेपाल पार्टी अध्यक्ष भलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओलीमाथि कारबाहीको माग गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

हंगकंगमा धेरै क्लबहरुको अघोसित बहिस्कारबिच नेपाल गोल्ड कप हुने


राज अधिराज (हङ्कङ)

हंगकंग-७ र २८ फेब्रअरिमा फ्रि फुटबल, नेपाल गोल्ड कप प्रतियोगिताहुने भन्ने पोष्टरिङ नेपाल क्लबको नाममा प्रदिप थापाले कुनै पनि क्लबहरुलाई जानकारि र अनुमति नलिई गरेको थियो र क्लवहरुलाई मिटिङको लागि बोलाओटहुदा १२ सय प्रवेश शुल्क र पुरस्कार भने ५००० रहने जनाएपछि फुटवल क्लबहरु र हंगकंग नेप्लिज फुटबल एसोसिएसनको तर्फबाट चासो नजनाएपछि फेरि अर्को दिन गत बिहिबार अर्को मिटिङले १००० प्रवेश शुल्क र पुरस्कार ९००० तोकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी नेतृत्वमा सरकार नबने संविधान र शान्ति प्रक्रिया पनि टुंगोमा नपुग्ने


माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले आफ्नो  पार्टी  नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार नबने नयाँ संविधान जारी नहुने  र शान्ति प्रक्रिया पनि टुंगोमा नपुग्ने बताएका छन् । तोकिएको मितिमा संविधान जारी गर्न सरकार र संविधानसभामा प्रतिनिधित्त्व गर्ने दलहरूमाथि चर्को दबाब परिरहेकै बेला प्रमुख  प्रतिपक्ष माओवादी उपाध्यक्ष डा. भट्टर्राईको यस्तो भनाइ आएको हो ।  पढ्नेक्रम जारी राख्नुहोस्