राजनीतिज्ञ एवम् स्रष्टा खनुरुपदे रामबाबुले महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्कीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमबीच वि. सं. २००० पूर्व जन्मिएर राजनीतिक र साहित्यमा सक्रिय साहित्यकारलाई सम्मान गर्नुभयो । महाकवि देवकोटा शताव्दी सम्मान’बाट सम्मानित हुनेमा लोकेन्द्रबहादुर चन्द्र, मोदनाथ प्रश्रति, भद्राकुमारी घले, आनन्ददेव भट्ट, कमलराज रेग्मी, कमल न्यौपाने, गोविन्दप्रसाद लोहनी, जगदीश शमशेर राणा रहनुभएको छ । यस्तै, दान खलिङ, नारायणमान विजुक्छे, नारायणप्रसाद शर्मा, पासाङ गोपर्मा, मोहनविक्रम सिंह, यज्ञप्रसाद आचार्य, राजेश्वर देवकोटा, रामचन्द्र भट्टराई, रामहरि शर्मा, रामहरि जोशी, शक्ति लम्साल, शान्ता पोखरेल, श्यामप्रसाद शर्मा, शान्ता श्रेष्ठ, सुव सेन, क्षेत्रप्रताप अधिकारी, डा. ऋषिकेश उपाध्याय र ज्ञानउदास रहनुभएको छ ।
सम्मान कार्यक्रमपछि भएको महाकवि देवकोटाको राष्ट्रिय चिन्तन विषयक प्रवचन गोष्ठीमा पूर्वप्रधानमन्त्री चन्दले अहिले मुलुकमा भातृत्वको भावना जागृत नभएकोले सबैले महाकवि देवकोटाबाट शिक्षा लिई भातृत्व निर्माणतिर लाग्नुपर्ने विचार राख्नुभयो । साहित्यकार प्रश्रतिले महाकवि देवकोटा मानवतावादी रचनाहरु रच्दै नेपाल र नेपालीको भावनालई सदैव सम्मान र समर्पित गर्नुभएको बताउनुभयो । यस्तै महोत्सवका सदस्यसचिव नरेन्द्रराज प्रसाई र त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले महाकवि देवकोटाका सम्बन्धमा आ-आफ्ना धारणा राख्नुभयो । उक्त कार्यक्रम महाकवि देवकोटा शताब्दी महोत्सवका सदस्य नरहरि आचार्यको सभापतित्वमा भएको थियो ।