कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
आगामी २९ जनवरी २०१०, शुक्रवारको दिन, हालै मात्र कुवेत नगरीमा संगठित सँस्था “काली गण्डकी बचत समुह नेपाल, कुवेत” को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता हुन गई रहेको हुँदा सम्पूर्ण ईच्छुक नेपाली भलिवल टिमहरुलाई उक्त प्रतियोगितामा सहभागिताको लागि आव्हान गरिन्छ । साथै सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरुलाई प्रतियोगितामा आफ्नो गरिमामय उपस्थिती जनाइ खेलको शोभा बढाई दिनु हुन समेत हार्दिक अनुरोध गरिन्छ । प्रतियोगिता हुने स्थान, समय, मिति र संपर्क निम्न लिखित छन ।
मिति / समय : २९ जनवरी २०१० / बिहानको ठीक ९ बजे
स्थान : मङ्गाफ भलिवल मैदान, कुवेत
संपर्क : ६५९९९११२-आशिष, ६५६१६१२७-नेत्र, ५५९१६२५५-ज्याकी
प्रतियोगितामा बिजयी हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको समेत जानकारी गराईन्छ ।
आयोजक : काली गण्डकी बचत समुह नेपाल, कुवेत