दुर्घटनामा श्रीकृष्णको मृत्यु


सत्तासीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) कोषाध्यक्ष श्रीकृष्ण यादवको शुक्रबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ । काठमाडौंबाट जनकपुर जाँदै गर्दा मकवानपुरको भीमफेदीस्थित जुरीखेतमा यादव सवार कार दुर्घटनामा परेको हो । यादवसँगै यात्रा गरिरहेका अन्य चारजनाको पनि घटनास्थलमै ज्यान गएको छ । बा२च १२६९ नम्बरको सो निजी कार दुर्घटनामा परी जनकपुरकै परमेश्वर साह तथा महोत्तरीका अरुणकुमार यादव र भोला रायको मृत्यु भएको हो । सो कार अनियन्त्रित भई करिब पाँच सय मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । यादव गत संविधानसभा निर्वाचन र त्यसपछिको उपनिर्वाचनमा धनुषा ५ बाट तमलोपा उम्मेदवार थिए । पहिलो निर्वाचनमा उनी वर्तमान राष्ट्रपति रामवरण यादवसँग झिनो -करिब चार सय) मतअन्तरले पराजित भएका थिए भने राष्ट्रपतिमा निर्वाचित भएपछि यादवले सभासद् पद त्याग गर्दा रिक्त भएको सोही निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा पनि उनी निकटतम प्रतिद्वन्दी बनेका थिए ।

उपनिर्वाचनमा सो क्षेत्रबाट एमालेका रघुवीर महासेठ निर्वाचित भएका थिए । तमलोपा नेता र्सर्वेन्द्रनाथ शुक्लका अनुसार पार्टी जिल्ला सम्मेलनको तयारी गर्न यादव जनकपुर जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनको शव पोस्टमार्टमका लागि साँझ हेटौंडा अस्पताल पुर्‍याइएको थियो । अर्का मृतक अरुण तमलोपाका केन्द्रीय अनुगमन विभाग सदस्य हुन् भने भोला केन्द्रीय कार्यालयमा पियन थिए । परमेश्वरचाहिँ यादवका सहयोगी एवं सो पार्टी सामान्य कार्यकर्ता हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.