आठसय छोरीकी आमा


-नरेन्द्र रौले

काठमाण्डौ आइपुग्नु नै उनका लागी एक प्रकारको संयोग बन्यो । गाउँमा आफ्ना दौंतरीहरुको बिहे हुँदै थियो । डोली चढेर साथी संगीहरु रुँदैरुँदै पराइ घर जाँदै थिए । तर मुहारमा खुसी बोकेर उनको जीवनको यात्रा भनें नयाँ गन्तब्यतिर प्रस्थान हुँदै थियो । अपत्यारिलो ढंगले राजधानीतिर उनका पाइलाहरु मोडिए । आजभन्दा ५४ बर्ष अघि काठमाण्डौ प्रवेश गर्दाको त्यो क्षण सुनाउदा स्वयं उनलाइ पनि दन्त्य कथा सुनाए झैं लाग्छ । ०१४ सालमा भानु २ सिम्पानी , तनहुँबाट काठमाण्डौ पाइलो टेक्दा उषा आचार्यको उमेर जम्मा ७ बर्ष थियो । त्यो जमानामा हिंडेर काठमाण्डौ आउनुपर्थ्यो, गाडी चल्दैनथ्यो । तनहुँदेखि काठमाण्डौ पुग्नै ५ दिन लाग्थ्यो । उषालाइ यता आउने अबसर जुटाइदिएका थिए उनकै दाजु मदन शर्माले, पेशाले मदन पत्रकार थिए । राजधानीबाट निस्कने स्वतन्त्र समाचार दैनिकमा उनी काम गर्थे । तनहुँमै बिहे गरेर काठमाण्डौ आएपछि पत्नि एक्लै हुने भइन् भन्ने चिन्ता पर्‍यो मदनलाइ । फलस्वरुप भाउजु चन्द्रकलाको ‘साथी’ बनाउन बहिनी उषालाइ डोर्‍याउदै काठमाण्डौ ल्याए ।
 
गाउँकै स्कुलमा साँवा अक्षर चिन्न थालिसकेकि उषालाइ ढोकाटोलको कान्ति इश्वरी राज्यलक्ष्मी स्कुलमा एकैचोटी कक्षा ५ मा भर्ना गरियो । त्यहि बेला हो उनले अंग्रेजीमा एबिसीडि सिकेको, यहि स्कुलबाटै एसएलसि पास गरिन् उषाले । समकालिन साथीहरु मध्ये सबैभन्दा भाग्यमानिमा पर्छिन् उनी । गाउँमा छोरीहरुलाइ पढाउने चलन थिएन । ७, ८, ९ बर्षमै बिहे गर्ने चलन थियो । यस बिपरित उषाको २८ बर्षमा बिहे भयो । “१२ बर्ष त कट्नै हुन्न भन्ने मान्यता थियो ।” त्यो बेलाको परिपाटी ’bout उनले भनिन् । अरुले औपचारिक शिक्षा समेत लिन नपाएका बेला उषाले एमफिल सम्मको शिक्षा हासिल गर्न सफल भइन् । पद्यकन्या क्याम्पस,बागबजारबाट स्नातक तहमा सर्बोत्कृष्ट स्थान हासिल गरेपछि छात्रबृत्ति पाएर उच्च शिक्षा अध्ययन गर्नका लागि भारत जाने मौका मिल्यो । दिल्ली स्कुल अफ इकोनोमिक्स,दिल्ली युनिभर्सिटीबाट अर्थशास्त्रमा एमए पास गरिन् । लगत्तै दिल्लीकै प्रसिद्ध जवाहरलाल नेहरु युनिभर्सिटीबाट अर्थशास्त्रमै एमफिल समेत उर्त्तिण गर्न सफल भइन् ।

श्रीमान् जयराज आचार्यले फुलब्राइट छात्रबृत्ति पाएर अमेरिका हान्निए, जयराज एक्लै गएनन् । पत्नि उषा र ३ बर्षे छोरालाइ पनि लिएर गए । त्यो बेला उषाको उमेर ३७ बर्ष पुगिसकेको थियो । नेपाल राष्ट्र ब्यांककी जागिरे उषाले १ बर्षे तलबि र ३ बर्षे बेतलबि बिदा लिइन् । मुलुकमा प्रजातन्त्रको पुर्नबहाली हुँदा उषा अमेरिकामै थिइन् । नेपाल राष्ट्र बैंक सँग उनले मागेको बिदा सकिसकेको थियो । कर्मचारीले फोन गरेर फिर्ता बोलाए उनले र्फकन चाहिनन् । उतै बसिन् । जसरी हुन्छ बाँच्नु थियो । कमाउने बाटो केही थिएन । छोरा पाल्न र आफु पालिन निकै गाह्रो भयो । काखे बालक च्याप्दै रेष्टुरा र पसलमा शनिबार र आइतबारको दिनमा काम गर्न थालिन् । पछि मौकाले हावर्ड युनिभर्सिटीको रिसर्च सेन्टर एचआइडी – हावर्ड इन्सिट्च्युट फर इन्टरनेशनल डेभलप्मेन्टमा कार्यक्रम सहायकका रुपमा काम गर्ने अबसर मिल्यो । १६ महिना सम्म त्यसैमा निरन्तर काम गर्दा धेरै बिषयमा जान्ने अबसर जुर्‍यो । रिसर्च सेन्टरमा वर्कसपहरु निरन्तर चलिरहन्थे । त्यस मध्ये एउटा चाही महत्वपुर्ण रह्यो । २९ देशका ४८ सहभागीहरु माझ उनले नेपालका महिला र बालबालिकाहरुको अबस्था ’bout एउटा कार्यपत्र प्रस्तुत गरिन् । भेलामा सहभागी र एचआइडीमा कार्यरत सहकर्मीहरुकै प्रेरणाले हो, उनको दिमागमा नयाँ काम गर्ने सोंच पलाएको । गरिबी र अभाबमा पिल्सिएका तिनै नेपाली महिलाहरुको सेवामा लागेको । यदि यसरी नघच्घचाएको भए सायद यो ठाउँमा उनी पुग्दैनथिन् होला ।

नेपाल फर्किएर सेभ द चिल्डे्रन युके र वेलर -वुमन्स इकोनोमिक्स एण्ड राइट) मा काम गर्न थालेकि उषाले आइएलओ का लागी अर्को रिपोर्ट पनि तयार पारिन् । स्वदेसको काँकडभिट्टा देखि भारतको रेड लाइट एरिया सम्म अध्ययनका लागी पुगिन् । नेपाली महिलाहरुको पीडा अझ नजिकबाट नियालिन् । कलकत्ताको रेड लाइट एरीया पुग्दा ९ देखि ४२ बर्षका महिलाहरु यौन ब्यबसायमा लागेको देखिन् । उनीहरुको दयनिय अबस्थाले अझ महिलाकै क्षेत्रमा काम गर्ने दृढ अठोट गरिन् । आइएनजिओमा ७० हजार भन्दा बढी मासिक आम्दानी हुन्थ्यो । त्यो लोभ लाग्दो जागिर त्यागेर मनै देखि अंगालेको कर्ममा होमिइन् उषा । उनले दुइवटा छोरा मात्र जन्माइन् । जेठा अबिदित अमेरिकाको पि्रन्सटन युनिभर्सिटीमा विद्यावारिधी गर्दैछन्, कान्छा छोरा अचल राजधानीकै किस्ट कलेजमा एमबिबिएस पढ्दैछन् ।

आफ्नै कोखबाट उनले छोरी जन्माइनन् तर उनको ममता र स्नेहको छायामा ८६१ छोरीहरु हुर्किए । कामको खोजीमा धरानबाट काठमाण्डौ पसेका थिए, बिरेन्द्र शंकर र राधादेबी शंकर । धरानमा ७ कक्षा पढ्दै थिइन्, छोरी दीपा शंकर । उनलाइ पनि यतै ल्याए । तर बुबा आमाले पढाउन सकेनन् । आफ्नै उमेरका साथीहरु स्कुल जान्छन्, पढ्छन् आफुले घरमै बस्नुपर्दा १३ बषिर्या दीपाको आँखाभरी आँशु थियो । त्यस्तो दर्दनाक स्थिती’bout थाह पाएपछि उषाले नोबेल एकेडिमीमा भर्ना गरिन् । नोबेलबाट एसएलसि र युनाइटेड एकेडिमीबाट प्लस टु उर्त्तिण गरेकी दीपाको पढाइ खर्च पनि उषाले नै ब्योहोरिन् । भाग्य चम्किएर दीपा अहिले फिलिपिन्समा एमबिबिएसको कोर्ष गर्दैछिन् । त्यस्तै गजुरी, धादिङकी निरा पौडेलका बुबा आमा उनी सानै छँदा बिते । हजुरआमाले मागेर उनलाइ पाल्थिन् । निकै दिन मागेर गुजारा चल्यो । सधै कति दिन सम्म चल्थ्यो र ? एकदिन भाडा नतिरेको आरोपमा घरबेटीले निकालिदिए । अनि सडकको बास भयो । बृद्ध हजुरआमा र यिं नातिनीको जीवनमा ठुलै बिपत आइलाग्यो । स्कुल पढ्दै गरेकी नीराको भबिष्य बिचल्लीमा पर्‍यो । संकट पर्दा आफ्नो भन्ने पनि को हुन्छ र ? साथ दिने को मानिस भेटिन्छ र ? तर यदाकदा भेटिने रहेछन् । यो दुखद खबर ममतामयी उषाको कानमा परेपछि उनी चुप लागेर बस्न सकिनन् । गजुरीमै गएर उनलाइ भेटिन् । ८ कक्षा पढ्दै गरेकि नीरालाइ पढाउन बस्न र खानको ब्यबस्था समेत मिलाइन् । धादिङकै स्कुलबाट एसएलसि पास गरेपछि काठमाण्डौको नोबेल एकेडिमीबाट प्लस टु उर्त्तिण गर्दा समेत उनको सम्पुर्ण पढाइ खर्च उषाले नै ब्योहोरिन् ।

कालोपुलकि निकिता देबकोटा आफ्ना बुबा आमासँग सांकेतिक भाषामा कुरा गर्थिन् । ७ बर्ष अघि महेन्द्र भवन उच्च माबिमा अध्ययनरत निकितालाइ भेट्दा उनमा पढाइ प्रति गहिरो अभिरुचि भेटियो । कमजोर आर्थिक अबस्थाका कारण शारिरीक अपांग -लाटा बहिरा) बनेका बुबा आमा पढाउन नसक्ने स्थिीतिमा पुगे । संयोगले उषासँग निकिताको भेट भयो । र आफ्नो सबै कुरा सुनाइन् । पारिवारीक र आर्थिक अबस्था दयनिय देखेपछि निकितालाइ प्लस टु सम्म पढाइन् । पत्रकारितामा रुचि राख्ने निकिता अहिले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको अनलाइनमा काम गर्छिन् । र आफ्नो खर्च जुटाउँछिन् । निरा, निकिता र दीपाशंकर कष्टमय परिबेशमा हुर्केका र उषाको न्यानो काखमा लडिबुडी खेल्न पाएका केही प्रतिनिधी भाग्यमानिहरु हुन् । यस्तै माया ,स्नेह सहयोग,अभिभाबकत्व पाउने महिलाहरुको संख्या अहिले सम्म ८६१ पुगिसकेको छ । राजधानी भित्र र बाहिरका गरिब,जेहन्दार,मिहिनेती केटीहरुलाइ प्लस टु सम्म पढाइदिने र बिरामी पर्दा तिनको स्वास्थ्य उपचार गर्ने काम बिगत १० बर्ष देखी उषाले गर्दै आएकि छिन् । काठमाडौको बिशालनगरमा अन्डर पि्रभिलेज्ड गल्र्स एजुकेसन सपोर्ट प्रोग्राम -युजिइएसपी) नामक संस्था खडा गरेकी छिन् । जहाँ उनका ६ जना सहयोगी पनि छन् । संस्थाले पढाएका ३० जना केटीहरुलाइ स्कुल कोर्डिनेटर तोकिएको छ । नयाँ बिधार्थीहरुलाइ स्कुल भर्ना गर्ने बेला र त्यसपछि उनीहरुको अबस्था ’bout स्कुल कोर्डिनेटरहरुले सहयोग गर्छन् ।

पढाउनका लागी छुट्टै कुनै आश्रम गृह भने उनले खोलेकि छैनन् । जो जहाँ छन्, आफ्नै घरमै राखिएका छन् । सम्बन्धित स्कुलमा पैसा तिरिन्छ, उनीहरुलाइ खान, लगाउन र स्वास्थ्य उपचारका लागी चाहिने सहयोग घरमै उपलब्ध गराइन्छ । बर्षमा ३० वटा भन्दा बढीले सहयोगको याचना गर्दै निबेदन पेश गर्छन् । कार्यालयमा आएका निबेदकहरुको स्कुल, समुदाय र घरपरिवारको वास्तविक अबस्थाका ’boutमा अध्ययन र मुल्याङ्कन गरिन्छ । त्यसपछि छानेर उपयुक्त ठानेपछि मात्र सहयोग उपलब्ध गराइन्छ । उषा ब्यक्तिगत रुपमा यतिका विद्यार्थीहरुलाइ एक्लै सहयोग गर्न भने सक्षम भएकी होइनन् । उनको काममा सहयोग र साथ दिने अनि समर्थन गर्ने ब्यक्ति र संस्थाहरु अमेरिका, सिंगापुर, फ्रान्स र अन्य मुलुकमा छन् । नेपालमा आफुले पढाइरहेका विद्यार्थीहरुको विवरण इमेल मार्फत सहयोगीहरुलाइ पठाउँछिन्, इच्छुकहरुले सम्पर्क गर्छन् । उषाको प्राय: समय अभाब र समस्यामा पिल्सिएका नेपाली विद्यार्थीहरुलाइ सहयोग जुटाउनमै बित्छ । कम्प्युटरमा औला चलाउँदै सहयोगी खोजिरहेकी हुन्छिन् ।

काभ्रे, तनहुँ, बाँके, कास्की, गोर्खा, चितवन, लमजुङ, सिन्धुपाल्चोक र राजधानी गरि ८०० जनाले केटीहरुले अहिले स्कुल पढिरहेका छन् । प्लस टु पास गरेर कोहि इन्जिनियर, कोहि नर्स, शिक्षिका बनेका छन् । आफु महिला भएकैले होला उषाले पढाउन पनि महिलाहरुलाइ मात्र पढाइन् । उनको संस्थाबाट सहयोग पाउने जम्मा ८६१ जना सबै महिला मात्र हुन् । किन महिलाहरुलाइ मात्र पढाइन् उनले ? भन्छिन्, “एक वालकलाइ पढाए एक जना मात्र शिक्षित हुन्छ, एक वालिकालाइ पढाए सिंगो परिवार शिक्षित हुन्छ ।” हरेक दिन ४ बजे उठेपछि सुरु हुन्छ , उषाको दिनचर्या । नुवाइधुवाइ गरेपछि विपश्यना गर्छिन् । बिहान उज्यालिदै गएपछि चिया नास्ता बनाउछिन् । श्रीमान, छोरा र सानीमा लाइ खाना खुवाएर लाग्छिन् अफिस हिंड्छिन् । आफुले गरेको काम समुन्द्रमा एक थोपा पानी मिसाए जत्ति पनि लाग्दैन उषालाइ । केहि पनि नजानि काम सुरु गरियो । अहिले अलिअलि सिके जस्तो लाग्छ । अझै धेरै गर्न बाँकी छ भन्ने कुरा मनमा राखेकी छिन् । सकारात्मक सोचले नै यो मोड सम्म आइपुगेको उनको विश्वास छ । उनको सिद्धान्त छ, “एक्सन् स्पीक्स लाउडर देन् वर्डस् ।” अर्थात मुखले बोल्नु भन्दा कामले बढी बोल्छ । त्यसैले बोल्नु भन्दा काम गरी देखाउने ।

-Kedar Nath Kharel – Kuwait

One response to “आठसय छोरीकी आमा

  1. Raj kumar karki from kuwait

    you are so great mother i salute you.thank you so much.sabai nepaliko tarfa bat muri muri dhanyabad mum.i proud of you.this is a realy nepali heart……………………………………………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.