Daily Archives: 23/01/2010

भलिवल प्रतियोगिता सम्बन्धी जरुरी सूचना !!


कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी २९ जनवरी २०१०, शुक्रवारको दिन, हालै मात्र कुवेत नगरीमा संगठित सँस्था “काली गण्डकी बचत समुह नेपाल, कुवेत” को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता हुन गई रहेको हुँदा सम्पूर्ण ईच्छुक नेपाली भलिवल टिमहरुलाई उक्त प्रतियोगितामा सहभागिताको लागि आव्हान गरिन्छ । साथै सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरुलाई प्रतियोगितामा आफ्नो गरिमामय उपस्थिती जनाइ खेलको शोभा बढाई दिनु हुन समेत हार्दिक अनुरोध गरिन्छ । प्रतियोगिता हुने स्थान, समय, मिति र संपर्क निम्न लिखित छन । पढ्नेक्रम जारी राख्नुहोस्

दुर्घटनामा श्रीकृष्णको मृत्यु


सत्तासीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) कोषाध्यक्ष श्रीकृष्ण यादवको शुक्रबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ । काठमाडौंबाट जनकपुर जाँदै गर्दा मकवानपुरको भीमफेदीस्थित जुरीखेतमा यादव सवार कार दुर्घटनामा परेको हो । यादवसँगै यात्रा गरिरहेका अन्य चारजनाको पनि घटनास्थलमै ज्यान गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आठसय छोरीकी आमा


-नरेन्द्र रौले

काठमाण्डौ आइपुग्नु नै उनका लागी एक प्रकारको संयोग बन्यो । गाउँमा आफ्ना दौंतरीहरुको बिहे हुँदै थियो । डोली चढेर साथी संगीहरु रुँदैरुँदै पराइ घर जाँदै थिए । तर मुहारमा खुसी बोकेर उनको जीवनको यात्रा भनें नयाँ गन्तब्यतिर प्रस्थान हुँदै थियो । अपत्यारिलो ढंगले राजधानीतिर उनका पाइलाहरु मोडिए । आजभन्दा ५४ बर्ष अघि काठमाण्डौ प्रवेश गर्दाको त्यो क्षण सुनाउदा स्वयं उनलाइ पनि दन्त्य कथा सुनाए झैं लाग्छ । ०१४ सालमा भानु २ सिम्पानी , तनहुँबाट काठमाण्डौ पाइलो टेक्दा उषा आचार्यको उमेर जम्मा ७ बर्ष थियो । त्यो जमानामा हिंडेर काठमाण्डौ आउनुपर्थ्यो, गाडी चल्दैनथ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

राजनीतिक र साहित्यमा सक्रिय साहित्यकारलाई सम्मान


राजनीतिज्ञ एवम् स्रष्टा खनुरुपदे रामबाबुले महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्कीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमबीच वि. सं. २००० पूर्व जन्मिएर राजनीतिक र साहित्यमा सक्रिय साहित्यकारलाई सम्मान गर्नुभयो । महाकवि देवकोटा शताव्दी सम्मान’बाट सम्मानित हुनेमा लोकेन्द्रबहादुर चन्द्र, मोदनाथ प्रश्रति, भद्राकुमारी घले, आनन्ददेव भट्ट, कमलराज रेग्मी, कमल न्यौपाने, गोविन्दप्रसाद लोहनी, जगदीश शमशेर राणा रहनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा “काली गण्डकी बचत समुह” गठन


शिव राम पौडेल (कुवेत)

कुवेतवासी नेपालीहरुको दु:ख-सुखमा साथ दिने, आपत-बिपतमा परेका नेपालीहरुको उद्दार गर्ने र भविश्यमा नेपालमा कुनै न कुनै कल-कारखाना स्थापना गर्ने-गराउने मूल उद्देश्यले, यही गत १५ जनवरी २०१० को दिन कुवेत नगरीमा एउटा नयाँ सँस्थाको स्थापना भएको छ । सँस्थाका सचिव आशिष कुँवरले हामीलाई मिडिया मार्फत नै यस समुह गठनको अधिकारिक रुपमा सार्वजनिक गराई दिन अनुरोध गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रका उद्देश्य, कार्यविधि र आचार संहिता


हाम्रो मुलुक यतिबेला संक्रमणकालीन अवस्थाबाट अघि बढ्दैछ । सात राजनीतिक दल र तात्कालिक नेकपा (माओवादी) बीचको ऐतिहासिक बाह्र बुँदे सहमतिदेखि बृहत् शान्ति सम्झौता र संविधानसभाको निर्वाचन हुँदै अहिलेसम्म आइपुग्दा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको छ । मुलुकमा प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्दै शान्ति प्रक्रियालाई सफल पार्न र नयाँ संविधान निर्माण गर्नुपर्ने आजको प्रमुख दायित्व रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेताहरुले एकअर्कालाई गाली नगर्ने


आज भने केही सकारात्मक खबर सुन्न पाइयो है । माओवादीले आफूले घोषणा गरेको अनिश्चितकालीन बन्द, जुन पर्सिदेखि हुन लागेको थियो, अनिश्चितकालका लागि फिर्ता लियो। ठूलो राहत पाए जनताले । बन्दलाई सँधै यसरी बन्द गर्न पाए क्या गज्जब हुन्थ्यो होला । अर्को सकारात्मक खबर तीन दलका टाउके नेताहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दियो । पढ्नेक्रम जारी राख्नुहोस्