Daily Archives: 21/01/2010

कुवेतमा मृत्‍यु भएका नरेश बिक्रम शाहको पार्थिव शरीर नेपाल पठाईयो


 

गत १५ डिसेम्वर २००९ को दिन, कुवेतको एरिस्को कम्पनिमा कार्यरत, स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका वार्ड नं. आठ घर भएका ३८ वर्षिय युवक नरेश बिक्रम शाहको एक असामयिक निधन हुन पुगेको थियो । मृतकको पार्थिव शरीर आज २१ जनवरी २०१० को दिन, दिनको ४ बजे कतार एयरको फ्लाईट नं. QR-135 बाट कुवेत-दोहा हुँदै, मृतककै छिमेकी खेम बहादुर के. सि. को साथमा नेपाल पठाईएको छ ।

श्री के. सि. ज्यूले नेपाल पुगेर शाहको पार्थिव शरीर सम्बन्धित परिवारलाई सुम्पने बताउँदै मृतकको परिवारलाई उल्लेख्य रुपमा आफुले कुवेतवासी लगायत पढ्नेक्रम जारी राख्नुहोस्

सर्त पूरा गरेमात्र माओवादीलाई आतंककारी सूचीबाट हटाउन सकिने


दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री प्याट्रिक मुनले निश्चित र्सत पूरा गरे मात्र माओवादीलाई आतंककारी सूचीबाट हटाउन सकिने बताएका छन् । चार दिवसीय नेपाल भ्रमणको अन्तिम दिन बुधबार सञ्चारकर्मीहरूसँगको विशेष अन्तरक्रियामा मुनले आतंकवादी सूचीबाट हट्न माओवादीले पूर्ण रूपमा आतंकवादी गतिविधि त्याग्नुपर्ने, पढ्नेक्रम जारी राख्नुहोस्

समितिले पारित गरेको नयाँ प्रदेश र राजधानी


पुरानो नेपालमा १४ अञ्चल थिए। अब नयाँ नेपालमा पनि १४ नै प्रदेश हुने भएछन् । संविधानसभा राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिको हिजो बसेको बैठकले १४ प्रदेश बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको छ । समितिमा प्रस्तुत भएको १४ र ६ मध्ये कुन प्रदेश रहने भन्ने अवधारणासम्बन्धी पढ्नेक्रम जारी राख्नुहोस्