लाले, सरस्वती पुजा र पुरी


-कमलकुमार

हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा कर्रा खोलाले झण्डै स्कुल नै लगेको रहेछ । स्कुलको चौर भनेको खोलाको बगर थियो । होचो ठाउँमा भएकाले बगरमा ढुङ्गा चाहिँ थिएनन्, खोलाले बगाएर ल्याएको बालुवा थुप्रेर त्यो बलौटे बगर बनेको थियो; मरुभूमि जस्तो मेरो स्कुलको चौर । पछिसम्म खोलाले बाटो फेरेन र त्यो बालुवाको मैदानमा घाँस पलाउन थाल्यो, गाइबस्तु चर्न थाले, हामी खेल्न थाल्यौं, स्कुलको वार्षिक दिवसमा दौड हुन थाल्यो, र सरस्वती पुजामा भोज हुन थाल्यो, हलुवा र पुरीको ।

***
school in nepal

स्कुल नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्ग थियो । राजमार्गको दायाँबायाँ बगरेका बस्तिहरु, भट्टी र ससाना चिया पसल थिए । खोला पारिबाट स्कुल आउनेहरु राजमार्गकै पुल तरेर आउँथे । बाटो छेउछाउमा पैदल यात्रीलाई हिँड्ने फराकिलो ठाउँ थिएन । त्यसमाथि अधिकांश समय बाटो छेउमा ट्रकहरु पार्किङ गरिएका हुन्थे अनि अमलेखगन्जबाट होटलवालाहरुको लागि ट्रकको हुटमा हालेर ल्याइएका दाउराको भारी लडाइएको हुन्थे । विरगंजबाट राँगा बोकेर आएका लामा र थोत्रा ट्रकहरु धुँवाको मुस्लो फालेर घुइँ घुइँ गर्दै उत्तरतिर उकालो लाग्थे, अनि नेपालगंजदेखि आएका ‘रैना ट्राभल्स’ लेखिएका लामा लामा यात्रुबाहक बसहरु प्वाँ पुँ प्वाँ पुँ प्वाँ गरेर लामो सांगितक हर्न बजाउँदै हुँइकिन्थे । राजमार्ग छेवैमा स्कुल भएकाले वर्षेनी कोही न कोही विद्यार्थीको गाडीले किचेर ज्यान जान्थ्यो । हामीलाई को मर्यो भन्दा पनि विद्यार्थी मरेपछि स्कुलमा शोकको लागि हुने छुट्टीले बढि महत्व राख्थ्यो । लालबहादुर तामाङ पनि खोला पारिबाट स्कुल आउँथ्यो तर बाटोमा गाडीले किच्ला भन्ने डरले उ पुल तरेर हैन खोला तरेर आउँथ्यो ।

***

लालेको नाम लालबहादुर हो भन्ने धेरै पछि थाहा भएको थियो । सरहरु र साथीभाइ सबैले उसलाई लाले भन्थे । हामी ४-५ कक्षा मा हुँदै लालेको जुँगाको रेखी बसिसकेको थियो । म भन्दा ठूलो र बलियो र मोटोघाटो थियो लाले । कालो वर्णको दुइटा गाला पुक्क बाहिर निस्केका थिए, ओठदेखि गालासम्मको लामो खतमा टाँका लाएको डोब प्रष्ट देखिन्थ्यो । कपाल छोटो छोटो पारेर काट्थ्यो अनि सिधा अगाडि सम्याएको हुन्थ्यो, हामी त्यस्तो कपाललाई ‘लाटा कट’ भन्थ्यौं । लाले सबैलाई दौडमा जित्न सक्थ्यो, दुइ तीन जनालाई पछार्न सक्थ्यो । सँगै पढ्ने केटीहरुसँग म बोल्न लजाउँथें, लालेको दोस्ती राम्रो थियो । कहिले काहिँ लाले देखेर मलाई डाह लाग्थ्यो । तर लाले पढ्नमा चाहिँ लोदर थियो । सँधै गोलो खाएर बल्ल तल्ल पास हुन्थ्यो ।

truck in nepal
***

स्कुल पढुन्जेल ठूलो उत्सव हुने गर्थ्यो हाम्रा लागि सरस्वती पुजा । एक महिना अघि देखि नै तयारी सुरु हुन्थ्यो । बजेट र किनमेलको काम ९-१० कक्षामा पढ्ने ठुलाहरुले गर्थे । हामी सानाहरु विशुद्ध कार्यकर्ता थियौं । सबै सँग पैसा उठाइन्थ्यो । पैसा दिनेहरुले हलुवा र पुरीको भोज खान पाउँथे, नदिनेहरु सरस्वतीको फोटोमा ढोगेर हातमा पर्साद थापेर घर फर्कनु पर्थ्यो । सरस्वती पुजाको अघिल्लो दिन नै मैदा पकाएर रंगीन कागजको तोरण तयार पार्न हामी लागि पर्थ्यौ.

Source: nepal arab

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.