हैटीमा मर्नेको संख्या भयावह, पुरिएका थुप्रै जीवित हुन सक्ने आशंका


हैटीमा एकातिर महाभूकम्पमा परी मर्नेको संख्या भयावह रूपमा बढेको पाइएको छ भने अर्कोतिर शवहरूबीच जीवित मानिस पनि धमाधम फेला परेका हुनाले उद्धारकर्मीले आफ्ना कार्यलाई तीव्रता दिएका छन् । शवको थुप्रोबाट चित्कारयुक्त शब्द सुनिएका ठाउँलाई उद्धारकर्मीहरूले प्राथमिकता दिएका छन् । धेरै संख्यामा जीवितहरू फेला पर्ने आशा बढेर गएको प्राप्त समाचारमा उल्लेख छ । हालसम्म हैटीमा लगभग ५० अन्तर्राष्ट्रिय टोलीका २ हजार तालिम प्राप्त उद्धारकर्मी र एक सय ६५ जति चनाखा कुकुर परिचालन गरी ६० प्रतिशत क्षत्रिरस्त क्षेत्रमा पहिलो चरणको उद्धार कार्य गरिसकिएको छ ।

भवन भग्नावशेषको होडपरेको खाली ठाउँमा कुकुर परिचालन गरी जीवितहरूको खोजी तीव्रताका साथ गरिदैँछ । उद्धारकर्मीहरू भोक, प्यास बसेर पाँच दिनपछि जिवितै उद्धार गर्ने काम गरिरहेका छन् । यसैबीच, क्षतिग्रस्त एक होटेलको भग्नावशेषबाट पाँच दिनपछि एकजना महिलालाई जीवितै उद्धार गरिएको छ । ढुंगा माटोको थुप्रो, रोदन र चित्कार घुलाम्य शहरको भग्नावषेशबाट उद्धारकर्मीले ती महिलालाई बाहिर निकालेका थिए । ती महिलालाई शरीरमा पानीको कमी भएर बेहोस अवस्थामा फेला पारिए पनि कतै पनि चोटपटक नलागेको प्राप्त समाचारमा छ । हैटीमा अझै एक लाखभन्दा बढी मानिसहरू पोर्ट-औ-प्रिन्समा जमिनमुनि नै दबिएको अनुमान गरिएको छ ।

ट्रकका ट्रक शवहरू ठूला चिहानतिर लगिँदैछ । देश र विदेशका ख्यातीप्राप्त व्यक्तिहरूका परिवारैले ज्यान गुमाएको यो विपत्तिमा र अमेरिकी तथा अन्तर्राष्ट्रिय सहयोगमा व्यापक वृद्धि गरिएको छ । बेलाबखतमा स्थानीय रुपमा खाद्यान्न लत्ताकपडा मात्रामा बाँडिने घोषणा गर्दा भूकम्पपीडितले हर्षाश्रु बगाउँदै घुँडा टेकी ठूलो स्वरले भगवानको पुकारेको दृष्य यत्रतत्र देख्न सकिन्छ । हैटीको महाभूकम्पमा आठजना चिनियाँ प्रहरी अधिकृतले ज्यान गुमाएको पुष्टि भएको छ । चीन सरकारले हैटीमा शान्ति कायम गर्न खटिएका एक सय ४२ प्रहरीमध्ये आठजना सो महाभूकम्पमा परेका थिए ।

कर्तव्य निर्वाहको सिलसिलामा हैटीस्थित संयुक्त राष्ट्रसंघ मुख्यालय भवनभित्र राष्ट्रसंघीय अधिकारीहरूसँग भेटवार्ताका वेला तिनीहरूको मृत्यु भएको हो । चिनियाँ जनसुरक्षा मन्त्रालयले जनाएअनुसार चिनियाँ उद्धारकर्ता तथा स्थानीय उद्धारकर्ताको संयुक्त प्रयासमा तिनीहरूको शव क्षतिग्रस्त भवनको भग्नावशेषबाट निकालिएको थियो । चीनले ६० जना उद्धारकर्ताको एक टोली र १० टनभन्दा बढी खाद्य सामग्री लत्ताकपडा र औषधि बुधवार बेलुकी नै हैटी पठाएको थियो । मृतक आठजनामध्ये चारजना भूकम्प गएकै दिन त्यहाँ पुगेका थिए । तिनीहरूको शव यथाशक्य चँडै चीन लगिने बताइएको छ ।

यसैबीच, युरोपेली युनियनले भूकम्पबाट ध्वस्त हैटीको पुनः निर्माणका लागि २० करोड युरो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । युनियनका एकजना कूटनीतिज्ञले तत्कालै आपतकालीन सहायता पठाइने पनि जानकारी दिए । ब्रसेल्समा इयुका विकासमन्त्रीको आपतकालीन बैठकपछि युरोपेली युनियनको कोषबाट सो रकम दिर्घकालीन पुनः निर्माणका लागि प्रदान गरिने उनले बताए ।

One response to “हैटीमा मर्नेको संख्या भयावह, पुरिएका थुप्रै जीवित हुन सक्ने आशंका

  1. put news from reliable sources,,,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.