आपराधिक गिरोह पक्राउ


रुपन्देहीका विभिन्न स्थानमा आपराधिक क्रियाकलापमा संलग्न चार भारतीयसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गरी फिरौती लिने र लुटपाटमा संलग्नलाई जिल्ला  प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- १ का नुरुद्दिन पठान, भारत महाराजगन्ज सुनौली बस्ने चिन्का तेली, सोही ठाउँका साहबुद्दिन तेली र दिलसाद मुसलमान तथा भारत नौतनवाका बिन्द सिंह रहेका छन् । उनीहरूले सिद्धार्थनगर नगरपालिका- १ निवासी इस्त्याक अहमद खानका नातेदारलाई अपहरण गरी ५० करोड फिरौती मागेका थिए । फिरौती नपाएपछि इस्त्याकका आफन्तलाई गोली प्रहार गरी घाइते बनाएका थिए ।
 
त्यसैगरी, प्रहरीले मानव बेचबिखन तथा ओसार-पसारमा संलग्न बुटवल बस्ने मनु राणा र सानुमाया शाहीलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । बुटवल-४ मा डेरा गरी बस्ने १७ वर्षिया निता पुन, १४ वषरीया गीता थापा र रुपन्देही दुधराक्षकी १५ वर्षिया कविता थापालाई ललाई-फकाई लैजान लागेको अवस्थामा ती दुवै पक्राउ परेका थिए । बेलहियाबाट पीडित र पीडकलाई पुस ३० गते पक्राउ गरिएको प्रहरी उपरीक्षक छविलाल बन्जाडे जोशीले बताए ।

त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेका चितवन मुग्लिन घर भएका टेकबहादुर थापा, पाल्पाका शिव थापा, बुटवल बेलबासका प्रवीण थापालाई पनि सार्वजनिक गरिएको छ । उनीहरूले बुटवलबाट लु.५प२५१७ स्टार टिभिएस, लु.४प८९९१ होन्डा युनिकर्न र विना नम्बरको यामाहा एफ जेड मोटरसाइकल चोरी गरेका थिए । विशेष सुराकीका आधारमा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.