Daily Archives: 19/01/2010

माओवादीको धर्ना भारतीय राजदूतावास अघि


एकीकृत नेकपा माओवादीले आज भारतीय राजदूतावास अघि धर्ना दिएको छ । भारतले नेपालको स्वाधिनतामाथि पटक-पटक आक्रमण गरिरहेको भन्दै एकीकृत नेकपा माओवादीले भारतीय दूतावास अगाडि धर्ना दिएको हो । राजदूतावास धर्ना कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं सिमा विदहरुको समेत सहभागिता रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हैटीमा मर्नेको संख्या भयावह, पुरिएका थुप्रै जीवित हुन सक्ने आशंका


हैटीमा एकातिर महाभूकम्पमा परी मर्नेको संख्या भयावह रूपमा बढेको पाइएको छ भने अर्कोतिर शवहरूबीच जीवित मानिस पनि धमाधम फेला परेका हुनाले उद्धारकर्मीले आफ्ना कार्यलाई तीव्रता दिएका छन् । शवको थुप्रोबाट चित्कारयुक्त शब्द सुनिएका ठाउँलाई उद्धारकर्मीहरूले प्राथमिकता दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रेखा किन ‘सेक्सी’ बनिन् ?


चलचित्र उद्योगमा लागेको मन्दीले कतिपय नायिकालाई वर्षभरीमा एउटा चलचित्र पाउन हम्मे छ । तर नायिका रेखा थापा भने अपबाद् बनेकी छिन् । एकैचोटी दुई-तीनवटामा भ्याईनभ्याई छ उनलाई यतिखेर । आखिर यसरी ह्वात्तै किन बढ्यो त रेखाको क्रेज ? प्राय चलचित्रले रेखालाई चुल्बुले र आधुनिक केटीको भूमिकामा रोजेका छन् । अरु नायिका भन्दा छोटा लुगामा फुरुफुरु नाच्ने रेखालाई निर्माताहरुले मसलाका रुपमा पनि रोजेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आपराधिक गिरोह पक्राउ


रुपन्देहीका विभिन्न स्थानमा आपराधिक क्रियाकलापमा संलग्न चार भारतीयसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गरी फिरौती लिने र लुटपाटमा संलग्नलाई जिल्ला  प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- १ का नुरुद्दिन पठान, भारत महाराजगन्ज सुनौली बस्ने चिन्का तेली, सोही ठाउँका साहबुद्दिन तेली र दिलसाद मुसलमान तथा भारत नौतनवाका बिन्द सिंह रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्