अन्नपूर्ण क्षेत्रमा फेरि भिषण आगलागी


अन्नपूर्ण आधार शिविरमा १० दिन अघि लागेको आगो नियन्त्रणमा आउन नपाउँदै अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने लमजुङको उत्तरी क्षेत्र र मनाङको दक्षिणी क्षेत्रको जङ्गलमा भिषण आगलागी भएको छ । लमजुङको तार्घिङ गाविसस्थित उपल्लो चिप्लाको जङ्गलबाट शनिबार बिहान सुरु भएको आगो आइतबार अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले आगलागी मनाङको धारापानी गाविसको दक्षिणी क्षेत्रको जङ्गलमा पुगेको छ । आगलागी नियन्त्रणका लागि सीमा प्रहरी चौकी धारापानीबाट खटिएको प्रहरी आगलागी नियन्त्रण गर्न नसकी फर्किएको छ ।

भौगोलिक विकटताका कारण र आगलागी भएको स्थानबाट ठूलाठूला ढुङ्गा खसेका कारण नियन्त्रणका लागि त्यसतर्फ गएको प्रहरी टोली फर्केको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार आगो नियन्त्रणमा आउन नसकेपनि मानवबस्तीमा आउन नदिन सतर्कता अपनाइएको छ । आगलागीका कारण बनजङ्गल सखाप भएपछि पहिरोको खतरा समेत बढेको छ । यो समयमा उच्च पहाडी क्षेत्रहरूमा हिउँ पर्नुपर्ने भएपनि जलवायु परिवर्तनका कारण यसवर्ष हिउँ परेको छैन । सोही कारण तल्लो क्षेत्रबाट सुरु भएको आगोलागी नियन्त्रणबाहिर गई हिमालको काँठसम्म पुगेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.