Daily Archives: 18/01/2010

युएइका तामाङहरुले सोनाम ल्होसार मनाए


खेमनाथ पौडेल (युएइ)

गत जनवरी १५ २०१० शुक्रवारका दिन युएइको दुवई स्थित अष्तोरिया होटलमा तामाङ्ग समाज युएइले वृहत सास्कृतिक कार्यक्रम सहित २८४६ औं सोनाम ल्होसार मनायो । पूर्व न्याय तथा कानुन मन्त्री भिम बहादुर तामाङ्गको प्रमूख आथित्यमा सम्मपन्न उक्त कार्यक्रमको सभापतित्व तामाङ्ग समाजका अध्यक्ष छत्र लामाले गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

राज्य पुनरसंरचना गर्न १४ र ६ प्रदेशको खाकामा मतभेद


राज्य पुनरसंरचना र राज्यशक्तिको बाँडफाँट समितिमा उपसमितिले पेस गरेका दुइ विकल्पसहितको प्रदेशको खाकाप्रति समितिमा गम्भीर मतभेद देखिएको छ हिजो बसेको समितिको बैठकमा उपसमितिले बुझाइएको १४ प्रदेश र ६ प्रदेशसहितको दुइ विकल्पको खाकामा सदस्यहरूबीच मतभेद भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

को को थिए माघ १९ का डिजाइनर ?


 ‘शरदचन्द्र शाहले एमाले र कांग्रेस, रमेशनाथ पाण्डेले अन्तर्राष्ट्रिय समुदाय र पशुपतिभक्त महर्जनले समग्र राजनीति र प्रशासन सम्हाल्ने जिम्मा लिएर माघ १९ को डिजाइन गरेका थिए’

तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुअघि यसको जानकारी अरू तीनजनालाई मात्र थियो । मौका यही हो, ठोक्नुपर्छ भनेर सल्लाह दिने तीन हस्ती थिए- शरदचन्द्र शाह, रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जन । तर, स्रोतका अनुसार अहिले यी तीनैजनासँग पूर्वराजाको सम्बन्ध बिग्रिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

शान्तिका लागि शिविरका लडाकुभन्दा वाईसीएल खतरा भएको सेनाको ठहर


नेपाली सेनाले माओवादीले सैनिक चरित्र नत्यागेको र शान्ति प्रक्रियाका लागि शिविरका लडाकुभन्दा वाईसीएल खतरा भएको ठहर गरेको छ । स्रोतअनुसार माओवादी नेतृत्वका पछिल्ला अभिव्यक्ति र गतिविधिको सूचना संकलन र विश्लेषणपछि हालै प्रधानसेनापति छत्रमानसिंह गुरुङसहितका केही वरिष्ठ सैन्य अधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अन्नपूर्ण क्षेत्रमा फेरि भिषण आगलागी


अन्नपूर्ण आधार शिविरमा १० दिन अघि लागेको आगो नियन्त्रणमा आउन नपाउँदै अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने लमजुङको उत्तरी क्षेत्र र मनाङको दक्षिणी क्षेत्रको जङ्गलमा भिषण आगलागी भएको छ । लमजुङको तार्घिङ गाविसस्थित उपल्लो चिप्लाको जङ्गलबाट शनिबार बिहान सुरु भएको आगो आइतबार अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

रुँदै-रुँदै बाटो लागे छापामार आमाहरु


आँखाभरि आँसु पार्दै दुधौली शिविर छाड्दै गर्दा खोटाङकी मेलिना राई (२४) को काखमा १५ महिने छोरो खेलिरहेको देखिन्थ्यो । लडाकु राईको अनुहारमा शिविरसँगै साथीभाइ छाड्नुको पीडा मात्र थिएन, एउटा अनिश्चित भविष्यप्रतिको चिन्ता पनि देखिन्थ्यो । उनी भन्दै थिइन्, अबका दिनमा पनि पार्टीकै काम गर्नुपर्ला । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वब्यापी रेडियो गजल प्रतियोगितामा भाग लिने अन्तिम दिन ६ माघ ०६६


गत ३ डिसेम्बरका दिन ब्रुनाई स्थित प्रवासी नेपाली साहित्य समाज प्रभात को बैठक सम्पन्न भयो । बैठकले गजल प्रतियोगिताको लागि प्राप्त गजल संख्याको अध्यायन र प्रभावकारिता ’bout छलफल गर्दै गजल प्रतियोगिताको समयावधि बढाएको छ । आगामी श्रीपंचमी अर्थात सरस्वती पूजा ६ माघ ०६६ तदनुसार २० जनवरी को दिनलाई गजल आईपुग्नु पर्ने अन्तिम दिन निर्धारण भएको छ भने देशविदेशबाट अत्याधिक सहभागिताको लागि पढ्नेक्रम जारी राख्नुहोस्

गृहमन्त्री रावल भारत जाँदै


माघ ४, गृहमन्त्री भीम रावल सुरक्षा प्रमुख सहित चारदिने भ्रमणमा आज भारत जादै हुनुहुन्छ । भारत भ्रमणका क्रममा सुपुर्दगि सन्धि सीमा समस्या भारतीय नक्कली नोटको कारोबार लगायतका विषयमा छलफल हुनेछ । नेपालको हितमा नभएको भनिएको सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्न भारतले पटक पटक नेपाललाई दवाव दिदै आएको छ । भ्रमणका क्रममा मन्त्री रावलले भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिह विदेशमन्त्री एसएम कृष्णा गृहमन्त्री पी चिदम्बरमसँग भेटवार्ता गर्नुहुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्