Daily Archives: 17/01/2010

छरपष्ट योजनाहरु र जेल भित्रका चित्कारहरु


बिमल लामिछाने (कुवेत-६६५२९७३७) 

सयको हाराहारीमा हातमा पुष्प गुच्छा सहित सुकिला र हसिला अनुहारका मानिसहरुको झूण्डले कुबेतस्थित बिमानस्थलको भीआईपी गेटमै पुगेर स्वागत अभिवादन गरिरहँदा महामहिम महोदयको अनुहारमा निस्केको गजबको चमक सहितको फोटोहरुले कुबेतका श्रमजिबी कामदारको मनलाई पनि निकै खुसी बनाई रहयो, उपेक्षीत श्रमजिबी अप्रवासीहरुले दशकौंको अबैतनिक आशापछि नेपाल सरकारका आधिकारीक प्रतिनिधिले कुबेतमा स्थान पाउनुलाई समग्र कुबेत लगायतका खाडी राष्ट्रमा नेपालीहरुको लागी शतप्रयासको थालनीको रुपमा मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सताब्दी कै लामो सूर्यग्रहणको दृश्य देखियो


सताब्दी कै सबैभन्दा लामो सूर्यग्रहणको दृश्य १४ जनवरीमा काठमाडौँमा यसरी देखिएको थियो । यो खण्डग्रास सूर्यग्रहण अफ्रिका र एसियामा देखिएको थियो । नेपालमा ३ घण्टा १८ मिनेट ग्रहण लागेको देखिएको थियो । काठमाडौंबाट सूर्यको ५९ प्रतिशत भाग ढाकिएको देखिएको थियो । यति लामो ग्रहण अब एक हजार वर्षपछि मात्र लाग्नेछ । भन्ने वैज्ञानिक हरुको भनाइ छ ।

प्रचण्डको हातमा फुटबल


राजधानीमा शनिबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मजदुर सहिद स्मृति कप फुटबलको उदघाटन गर्नुभएको छ । उदघाटन पश्चात पहिलो फुटबल प्रतियोगिता आदर्श युथ क्लब कास्की (निलो जर्सी) र सहिद क्लब (रातो जर्सी)बीच प्रतिस्पर्धा भएको छ ।

पर्दा र क्याबिन हटाइने कर्मचारीलाई परिचयपत्र र पोशाक अनिवार्य


होटल तथा रेष्टुरेण्ट व्यवसायलाई मर्यादित बनाईने,

बुटवल २ माघ, होटल तथा रेष्टुरेण्ट व्यवसायलाई अनुशासित र मर्यादित बनाउदै प्रहरी र व्यवसायी बीचको सम्बन्ध सुमधुर बनाउने कुरामा जोड दिएको छ । बुटवल र आसपासका क्षेत्रमा साचालित होटल तथा रेष्टुरेण्ट व्यवसायीभित्र बढ्दै गएको विभिन्न खाले विकृतिलाई नियन्त्रण गर्दै अनुशासित र मर्यादित व्यवसाय बनाउन स्वयं व्यवसायीहरुले आवाज उठाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

शान्ति सम्झौता विपरीत हतियार भित्रियो


 विस्तृत शान्ति सम्झौता विपरीत नेपाली सेनाले हतियार भित्रयाएको छ । सेनाले शुक्रबार राती १ बजे सुनौली नाका हुँदै नेपाल भित्रयाएको एकीकृत नेकपा माओवादीले जनाएको छ । पार्टीले शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्