नेपाल-भारत बीच सम्झौतामा हस्ताक्षर


उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र भारतीय विदेशमन्त्री एसएम कृष्णाबीच तराइ क्षेत्रमा हुलाकी सडक बिस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार साँझ कोइराला र कृष्णाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । त्यसैगरी त्यही समारोहमा भारतीय राजदूत राकेश सुद र कार्यवाहक उर्जासचिव राजेन्द्रकुमार क्षेत्रीबीच पाँच जिल्लाका पाँच गाविसमा ग्रामीण विद्युतीकरण गर्न, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शङ्करमान सिंह र भारतीय सेन्ट्रल डिपोजिटरी र्सर्भिसका प्रमुखबीच सेन्ट्रल डेपोजिटरी एण्ड क्लेयरिङ एण्ड सेटलमेन्ट सिस्टम खडा गर्न सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ ।
नेपाल-भारत मैत्री विज्ञान अध्ययन केन्द्र ललितपुरको खुमलटारमा स्थापनाका लागि प्राध्यपक होमनाथ भट्टराइ र भारतीय विदेशसचिव निरुपमा रावबीच हस्ताक्षर भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.