जेल सुरक्षार्थ खटिएका २० प्रहरी निलम्बनमा


कपिलवस्तु, माघ २-  सरकारले कपिलवस्तुका २० प्रहरीलाई निलम्बन गरेको छ । गए राति कपिलवस्तु कारागारबाट ८ कैदी सुरुङ खनेर भागेपछि उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले यो कदम चालेको हो । सइ मनबहादुर थापाको कमाण्डमा रहेको कारागार सुरक्षा टोलीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । यसैबीच कैदी भागेको घटना सम्बन्धमा छानबिन गर्न जिल्लामा दुई वटा समिति गठन भएका छन् । जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको अध्यक्षतामा एउटा समिति गठन गरेको छ । जसमा प्रहरी निरीक्षक केदार खनाल र अनुसन्धान अधिकृत शिशजङ्ग पाण्डे सदस्य छन् ।

त्यसैगरी प्रहरीले गठन गरेको समितिमा डिएसपी वसन्त रञ्जितकारको संयोजकत्वमा प्रहरी निरीक्षक केदार खनाल, मदन कुँवर, असइ रामचन्द्र पन्त, प्रह ओमप्रकाश यादव, सत्यनारायण यादव, श्यामसिंह चौधरी र प्रज श्रीराम छन् । यसैबीच संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका दाङ इन्चार्ज विराटले जेलबाट भागेकाहरु आफ्नो सम्पर्कमा आएका दाबी गरेका छन् । भागेकामध्ये तीन जना आफ्ना सक्रिय कार्यकर्ता भएको दाबी पनि उनले गरे । यसरी कैदी भागेपछि जिल्लाका सर्वसाधारण र व्यापारी भने त्रसित छन् । सुरुङ खनेर भाग्नेमा हत्या, बलात्कार, हातहतियार तथा खरखजना मुद्दामा बन्दी जीवन बिताइरहेकाहरु छन् ।

अढाइ फिट चौडा र १० फिट लम्बाइको सुरुङ खनेर उनीहरु भाग्दा कारागारका सुरक्षाकर्मीले थाहा नपाएको प्रहरीले जनाएको छ । भाग्नेहरुमा कर्तव्य ज्यान मुद्दा लागेका रामजस मुराबु, प्रभु तेली, श्रवणकुमार मौर्य छन् । हातहितयार तथा खरखजना अभियोगमा थुनामा रहेका तथा अदालतको आदेशपछि बन्दी जीवन बिताइरहेका केदार सहानी, स्कूल मियाँ अन्सारी, बगेदो मुसलमान  फरार भएका छन् । उनीहरु तराइमा सशस्त्र संघर्ष चलाइरहेका समूहका सदस्य भएको सुरक्षास्रोतले नागरिकन्युजलाई बतायो । भाग्नेमा बलात्कार अभियोग प्रमाणितपछि जेल जीवन बिताइरहेका शन्तकुमार पासी र लागू औषध मुद्दा प्रमाणितपछि जेलमा रहेका सन्तोष काहार पनि छन् । सुरक्षा घेरालाई चुनौती दिँदै कैदी भागेपछि कपिलवस्तुका सुरक्षा अधिकारी आइतबार बिहानै कारागार निरीक्षणमा छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ । राणाकालमा निर्माण गरिएको कारागार जीर्ण अवस्थामा छ। कारागार वि.सं. १९९५ सालमा निर्माण गरिएको थियो ।

One response to “जेल सुरक्षार्थ खटिएका २० प्रहरी निलम्बनमा

  1. Ha ha ha haaaaaaaaaaaa!
    Nepal Prahari, Kati khais ghush. Ja aba anphai jelma sut. Ha h haaaha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.