गत डिसेम्वर २६ शनिवार टेडेस्की फुडसप भन्ने स्टोरमा काम गर्दा गर्दै गोली हानी हत्या गरिएका सुरेन्द्र डंगोलको शंकास्पद हत्यारालाई बोष्टन प्रहरीले पक्राउ गरेको छ । उक्त हत्याको शंकास्पद अभियुक्त रोजिण्डेल वस्ने ६३ वर्षिय, एडवार्ड कोर्लिस भएको वोष्टन प्रहरीले जनाएको छ । उनलाई हतियारसहित लुटपाट गरेको तथा ज्यान मारेको अभियोग आगामी मंगलवार रोक्सवरि जिल्ला अदालतमा पेस गरिनेछ अनुसन्धानकर्ताका अनुसार अभियुक्तलाई हत्यामा प्रयोग गरिएको कारको आधारमा खोजी गर्दै जाँदा पक्राउ गरिएको थियो । उक्त कारको रंग र नवुझिने नम्वर प्लेट सिसिटिभी क्यामेराले कैद गरॆको थियो । प्रहरीले त्यसैसँग मिल्दोजुल्दो कारधनी खोज्ने क्रममा दर्जन जति मानिसहरुलाई सोधपुछ गरेको थियो र अन्तमा कोर्लिसलाई फेला पारेको थियो । कोर्लिस यसभन्दा पहिले पनि अपराध गरेकोले सजाय पुरागरि निस्केका र प्रहरी निगरानी रहेका व्यक्ति थिए ।
फक्सन्युजका अनुसार कोर्लिस वीस वर्षअघि पनि यस्तै स्टोरमा हत्या गरेको आरोपमा जेलसजाय काटेर निस्केका व्यक्ति हुन् । उनले नियमअनुसार गाडि चलाउन नपाउने भएतापनि उनले आफन्तको सहयोगमा उक्त कार प्रयोग गर्न पाएका थिए । कोर्लिसको अनुहार र सिसिटिभी क्यामेरामा कैद भएको अनुहारसँग मिल्दोजुल्दो छ । अभियुक्तले हत्याको वेला नक्कली कपाल राखेको थियो । अचम्म लाग्छ, २० बर्ष जेल बसेर पनि फेरी मान्छे मार्नै अनी लुट्नै जानु पर्ने, फेरी २० बर्ष पछाडि यसले निस्केर अर्को डङ्गोलको हत्या नगरोस यसको मृत्यु जेलमा नै होस् अथवा यलाई अंएरिकी सरकारले फाँसी दियोस यही कामना गरौँ, स्वर्गिय डङ्गोलको आत्माको चिर शान्तिको कामना फेरी पनि गरौँ र उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस ।