राजनीतिक खेलाडी गिरिजाबाबु हिजो आज के गर्दैछन


०४८ सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि नियमित दैनिकीमा अडिग कांग्रेस सभापति कोइरालाको दैनिकी दुई महिनादेखि परिवर्तन भएको छ । उनी २८ कात्तिकमा सिंगापुर उडेका हुन्, ७ मंसिरमा नेपाल फर्किएपछि दैनिकी परिवर्तन भएको छ । डाक्टरको सल्लाहमा उनको दैनिकी फेरिएको हो । त्यसो त महाराजगन्जस्थित उनको निवास अत्याधुनिक सुविधासम्पन्न अस्पतालभन्दा कत्ति पनि कम छैन । डाक्टरले अस्पतालमा जस्तै उनको रेखदेख गर्छन्, खानपिनमा पनि नियन्त्रण गर्छन् । स्वस्थ या अस्वस्थ हुँदा पुरानो दैनिकीमा अडिग रहने कोइरालालाई उमेर र स्वास्थ्यले साथ नदिएपछि डाक्टरको भर पर्नु परेको हो । अहिले उनी डाक्टरले जसो-जसो भन्यो, उसै गर्न थालेका छन् ।

क्रोनिक ब्रोंकाइटिसबाट पीडित कोइराला २४ कात्तिकमा अस्वस्थ भई गंगालाल हृदयरोग केन्द्र बाँसबारी भर्ना भएका थिए । त्यसपछि उनलाई सिंगापुर लगेर उपचार गराई एक सातामै फर्काइएको थियो । त्यसपछि उनको दैनिकी पूरै परिवर्तन भएको छ । बिहान तीन बज्न नभ्याउँदै उठिसक्ने कोइराला पछिल्ला दिनमा सवा चार बजेपछि मात्र उठ्छन् । निजी सचिव शेखर थापाले भने, सभापतिज्यू चारदेखि साढे चार बजेसम्ममा उठिसक्नुहुन्छ । त्यसअघि दैनिकीको प्रारम्भ चियाबाट सुरु गर्ने कोइराला अहिले भने चिया पिउँदैनन् । पिए पनि कालो चिया मात्र पिउँछन्, पहिले दूध र कागतीको तीन-चार कप चिया खान एक घन्टा लाथ्यो, तर अहिले एक कप मात्र कालो चिया खाने भएकोले खासै समय लाग्दैन ।

दूधचियाले फाइदा नगर्ने चिकित्सकहरूको सल्लाह उनले मानेका छन् । निजी सचिव शेखर थापाले कोइरालाले उठेर एक कप मात्र चिया पिउने गरेको बताए । उनले भने, उहाँले चिया घटाउनुभएको छ । सिसाको लामो गिलासभरि चिया खाने उनको युवाकालदेखिकै सोखमा भने परिवर्तन आएको छैन । उनी अहिले पनि सिसाको लामै गिलासमा (कालो) चिया खान्छन् । बिहान ४ बजे शौचालय छिरिसक्ने कोइराला अहिले ५ बजेपछि मात्र छिर्न थालेका छन् । दाह्री काट्ने, नुहाउने उनको पुरानो बानीमा खासै परिवर्तन आएको छैन । सधै आफैं दाह्री काट्ने र नुहाउनैपर्ने उनको बानी भने कायमै रहेको उनका सहयोगीहरू बताउँछन् । ५ बजे दौरा, सुरुवाल, कोट, टोपीमा चिटिक्क परेर कार्यकर्ता भेट्न बैठककोठामा निस्कने कोइरालाको त्यो रुटिन हराएको छ । तर, लुगा भने आफैं लगाउँछन् । ‘पहिले आफैं निकाल्नुहुन्थ्यो, अहिले अरूले निकालिदिनुपर्छ, स्रोतले भन्यो ।

५ देखि ६ बजेको समय बिहानीको खाजाका लागि छुट्याउने गरेका कोइरालाले अहिले पौने आठ बजे मात्र खाजा खाने गरेका छन् । खाजाअघि उनले छातीको थेरापी गराउँछन् । गंगालाल हृदयरोग केन्द्रबाट नियमित जाने स्टाफनर्सले कोइरालाको छातीको थेरापी गर्छिन् । आधादेखि पौने घन्टा लगाएर थेरापी गराएपछि केही समय आराम गरेर उनी बिहानको खाजा खान्छन् । त्यो पनि थेरापीका लागि आएका सहयोगीसँगै बसेर । उनको बिहानीको खाजा हो- पाउरोटी र गहुँको रोटी । पातलो एउटा गहुको रोटी वा पाउरोटीको साथै च्यवनप्रास खान्छन् उनी ।

कोइरालाले बिहानजस्तै अपराह्न चार बजे पुनः स्टाफनर्सको सहयोगमा थेरापी गराउने गरेका छन् । उनीहरूलाई लिन बिहान र अपराह्न कोइरालाले आफैं चढ्ने गरेको बा.२च ९६९७ नम्बरको गाडी नै लिन पुग्छ गंगालाल हृदयरोग केन्द्र । आवश्यकतानुसार चिकित्सकहरूको टोली कोइरालानिवास जतिखेर पनि पुग्छ भने नियमित परीक्षणका लागि भने आइतबार जाने गरेको छ । पछिल्लोपटक अस्वस्थ भएपछि प्रायः अक्सिजन लिनुपर्ने कोइराला ओछ्यानमा सुतेरै पत्रपत्रिकामा छापिएका प्रमुख समाचार सुन्छन् । समाचार सुनाउ जिम्मा छ- निजी सचिव शेखर थापा वा कोइरालाका सुरक्षा सहयोगी महेन्द्र मरासिनीको ।

कोइरालालाई पहिलेजस्तो सबै दैनिक पत्रिकाका हेडिङ पढेर अहिले सुनाउनु पर्दैन । अहिले महत्त्वपूर्ण समाचारको शीर्षक मात्र सुनाइन्छ । कुनै समाचारमा कोइरालाले चाख देखाए पूरै पढेर सुनाइदिन्छन् सहयोगीले । तर, कोइरालालाई दैनिक पत्रिकामा छापिएका सम्पादकीयको शीर्षक भने नसुनी चित्तै बुझ्दैन । उनले सिके लालको लेख रुचिसाथ सुन्छन् । पछिल्ला दिनमा राजनीतिक भेटघाट अलिक बढाए पनि सिंगापुरबाट फर्केपछि लामो समय राजनीतिक भेट गरेका छैनन् । भेटघाटको कुनै निश्चित समय छैन कोइरालाको अहिले । पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दुई घन्टा बिताएपछि करिब ९ देखि ११ बजेसम्म कोइरालाको सर्वसाधारणसँग भेटघाट गर्ने पुरानो ‘सेड्युल’को अहिले अत्तोपत्तो छैन । उनले आवश्यकता र अवस्था हेरी पार्टीका पदाधिकारी, मन्त्री र नेताहरूसँग संक्षिप्त भेट गर्ने गरेका छन् । तर, कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलासँग भने कोइरालाको नियमित भेट हुन्छ ।

बिरामी भएको वेलासमेत नियमित भेटघाट गर्न रुचाउने कोइरालाले अहिले भने धेरै भेटघाट गर्दा इन्फेक्सन हुने डरले भेट पनि सकेसम्म कम गर्ने गरेका छन् । पहिले ३ देखि ५ बजेसम्मको उनको समय हुन्थ्यो कूटनीतिक भेटघाटको । थापाले भने, पहिले जस्तो भेटघाट अहिले गर्न सक्नुहुन्न । हिँडडुल गर्दा दम बढ्ने भएपछि कोइराला आफ्नै कोठामा आराम गरेर बस्ने गरेका छन् । बेलुका ५ देखि ६ बजेसम्म पारिवारिक भेटघाटमा व्यस्त हुन रुचाउने कोइराला पछिल्ला दिनमा प्रायः ओछ्यानमै बिताउँछन् । निवासमा आएकाभन्दा अरूसँग कोइरालाले भेटघाट गर्न सकेका छैनन् । दिदी इन्दिरासँग भेट्न निकै रुचि राख्ने कोइरालालाई त्यो साइतसमेत जुरेको छैन ।

पहिलेझैं दौरा, सुरुवाल र टोपीमा होइन, उनी कुर्था, पाइजामामा बस्छन् । उनको प्रिया पोसाक हो- नेपाली दौरा, सुरुवाल, कोट, कालो जुत्ता र कालो टोपी । तर, पछिल्ला दिनमा कोइराला ती पोसाकमा ठाँटिएर बाहिरिन सकेका छैनन् । दुई महिनायता उनी निवासबाहिर निस्किएका छैनन् । बिरामी पर्नुअघि उनी अहिले पौने आठ बजेसम्ममा सुतिसक्छन् । अत्यन्त कम खाना खाने कोइरालाले बढी मात्रामा सुप रुचाउने उनका एक सहयोगीले बताए । कोइरालाको उपचारमा संलग्न चिकित्सक अर्जुन कार्कीले उनको स्वास्थ्य स्थिर रहेको बताए । नयाँ पत्रिकासँग डा. कार्कीले कोइरालाको स्वास्थ्य-अवस्था सिंगापुर जानुअघिको जस्तै रहेकाले आवश्यकतानुसार परीक्षणका लागि जाने गरेको बताए ।

4 responses to “राजनीतिक खेलाडी गिरिजाबाबु हिजो आज के गर्दैछन

  1. waw intresting

  2. He is the great legend in nepal.

  3. पहिलेझैं दौरा, सुरुवाल र टोपीमा होइन, उनी कुर्था, पाइजामामा बस्छन् Yestai cha yeha ko chalan sampadak ji pahila aafna maulik news haru herna painthiyo ahile copy pest ma simit bhayeko cha ki kaso???k hi ta aafnu sabda rakhnus sabai hubahu? matra change cha ta posted by(name). yestai chala ho bhane ma chai bandha garchu tapai ko news herna.aafai copy garnus pest garnus ani dohoryai teharyai padhnus ani maile post gareko bhanera gamakka parnus. k lekhne ta bhannu huncha hola? bidesh ma baseka nepali ko barema lekhnus, uniharuko hasejasto dekhine tara pida nai pida le jeliyeko chati ko barema lekhnus,pahad jasto man bhaye pani aabhab nai aabhab le jelida khumchiyera aafai nakacharo bhayeko lekhnus. ti tapai ka sapana haru ko barema lekhnus jo tapai le bidesinu bahnda aghi dekhnu bhayeko thiyo kina ki sabai bidesine nepali haru ko sapana 1utai huncha ani tapai ko kalam le ti sabai ko man chuna sakcha .tapai nepal ra yo desh ko tulanatmak samikshya pani garna saknu huncha. hijo samma yuddha ko dar le khumchiyeko yo desh ra sadhai swotantra bhayera raheko nepal ma aja k bhinnata paunu bhayo? tyo lekhnus. yad garnus ta tapai aauda samma aankha le bhayaunjel samma k hi dekhidaina thiyo , jata tatai baluwa nai baluwa tara aja hernus ta jata tatai hariyali. kasari yo desh le phadko maryo ?ani hami ra hamro desh kaha cha?kina chaldainan yesbarema tapai haru ka kalam haru????? yi ta bas udhaharan matra hun kalam chalaune subject ka barema.
    Aasha cha aba dekhi pakkai pani yi kura haru ma tapai haru le sochnu hune cha. Hehe kasto lagyo comment?????

  4. satye sadhai tito huncha but tito bhaye pani satye lai accept garnu parcha. mero hijo ko comment kina prakasit gariyena? maile kasailai gali gareko thiyena, naramra sabda rakheko thiyena je thiyo sabai bastabik thiyo ,yeti huda hudai pani tyo comment prakasit nahunu news collecter haru ko durbalata bhanda badhi aru k hi thaneko chaina maile.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.