नेपाल बार एसोसियसनको नयाँ कार्य समितिमा प्रजातान्त्रिक समूहका उम्मेदवारहरु निर्वाचित भएका छन् । राजधानीमा पुस ३० गते साँझ सकिएको मतगणना अनुसार प्रेमबहादुर खड्का २५६६ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी हरिकृष्ण कार्कीले २१४५ मत तथा रामनाथ मैनालीले ९५२ मत पाएका थिए ।
यसैगरी, महासचिवमा विजयप्रसाद मिश्र, पूर्वान्चल उपाध्यक्षमा सिताराम राई, मध्यमान्चलमा सुरेन्द्र महतो, पश्चिमान्चलमा गोपालप्रसाद पाण्डे, मध्येपश्चिमान्चलमा गोकर्ण डाँगी, सुदुरपश्चिमान्चलबाट हरीलाल चौधरी तथा कोषाध्यक्षमा युवराजकुमार भण्डारी निर्वाचित भएका छन् ।५९ उम्मेदवारले प्रतिस्पर्धा गरेको १७ पदमा सबै प्रजातान्त्रिक समूहका उम्मेदवाहरुले चुनाव जितेका छन् ।