Daily Archives: 15/01/2010

साउदी अरबमा पिडीत राम ब. द्धारा सहयोगको अपिल


मोहन बानियाँ (साउदी अरब)

मोरङ् जिल्ला अंमर दह गाविस वाड नं. ९ बस्ने श्री जबर ब विश्ववुर्मा का ३५ वर्षे छोरा राम बहदुर विश्ववुर्मा बिगत ३० महिना पहिला रोजगारको सिलसीलामा साउदी अरबको हफुफ अल हासा सहरको सामी अल जवर कम्पनीमा आएका थिए । कम्पनी मा सेलरी भने बमोजीम नभएकोले घर अवस्था नाजुक भएको हुदा आफु आएकॊ ऋण तिर्नको लागी कम्पनी छाड्न बाध्य भए । पढ्नेक्रम जारी राख्नुहोस्

राजनीतिक खेलाडी गिरिजाबाबु हिजो आज के गर्दैछन


०४८ सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि नियमित दैनिकीमा अडिग कांग्रेस सभापति कोइरालाको दैनिकी दुई महिनादेखि परिवर्तन भएको छ । उनी २८ कात्तिकमा सिंगापुर उडेका हुन्, ७ मंसिरमा नेपाल फर्किएपछि दैनिकी परिवर्तन भएको छ । डाक्टरको सल्लाहमा उनको दैनिकी फेरिएको हो । त्यसो त महाराजगन्जस्थित उनको निवास अत्याधुनिक सुविधासम्पन्न अस्पतालभन्दा कत्ति पनि कम छैन । डाक्टरले अस्पतालमा जस्तै उनको रेखदेख गर्छन्, खानपिनमा पनि नियन्त्रण गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दुई देशका बिदेश मन्त्रिहरुको भेटवार्ता


उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालासँग नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार मध्यान्ह काठमाडौँ आउनुभएका भारतीय विदेशमन्त्री एसएम कृष्णले भेट गर्नुभयो । भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली सेना र माओवादीको आ-आफ्नै दाबी


नेकपा माओवादीले सरकारले शान्ति सम्झौता विपरित नेपाली सेनाका लागि ठूलो मात्रमा हातहतियार सहितका गाडी भित्र्याएको दावी गरेको छ । रुपन्देहीको सुनौली नाका हुँदै बिहीबार राति १ बजे हातहतियार सहितका गाडीहरु नेपाल भित्र्याइएको र राति नै सेनाको २२ नम्बर बाहिनी रामनगर बुटवलमा ल्याइएको माओवादीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

फोर्थ कुवेत-अफ्रिकन फुटबल टुर्नामेण्ट (२००९-२०१०)


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको प्रतिनिधित्वमा कुवेतको नेपाली टिमले नेपालको तर्फबाट फोर्थ कुवेत-अफ्रिकन फुटबल टुर्नामेण्टमा सहभागीता जनाएको छ । लिग चरणको यो टुर्नामेण्ट वर्ष २००९-२०१० मा सम्पन्न भएको छ । टुर्नामेण्टका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

प्रजातान्त्रिक समूहका उम्मेदवारहरु निर्वाचित


नेपाल बार एसोसियसनको नयाँ कार्य समितिमा प्रजातान्त्रिक समूहका उम्मेदवारहरु निर्वाचित भएका छन् । राजधानीमा पुस ३० गते साँझ सकिएको मतगणना अनुसार प्रेमबहादुर खड्का २५६६ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी हरिकृष्ण कार्कीले २१४५ मत तथा रामनाथ मैनालीले ९५२ मत पाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्