सदरमुकाम दमौलीबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको तनहुँ जिल्लाको माझकोट गाविस वडा नं. ९ का एउटै गाउँका आठजना किशोरी हराएका छन् । ती किशोरीहरू सोमबारदेखि परिवारको सम्पर्क भन्दा बाहिर रहेकाले उनीहरूको परिवारमा रूवाबासी चलेको छ । यसै बेपत्ता हुनेमा माझकोट गाविस वडा नं. ९ मिछुर्लुङ्गका खगेन्द्र वरालीका दुई छोरी १४ वर्षीया सपना वराली र १२ वर्षीया सनु वरालीसहित सोही गाउँका १२ वर्षीया उजेली विक, १५ वर्षीया मनिषा विक, १५ वर्षीया सविना रानामगर, १६ वर्षीया जुना नेपाली, १५ वर्षीया सुशीला विक र १७ वर्षीया सुकु नेपाली हराएका हुन् ।