अमेरिकी प्रमुख उप-सहायक मन्त्री नेपाल आउने


अमेरिकी प्रमुख उप-सहायक मन्त्री प्याट्रीक मून पर्सि नेपाल आउने दक्षिण तथा मध्य एसियाली मामलासम्बन्धी विभागका प्रमुख तथा अमेरिकी विदेश मन्त्रालयको उप-सहायक मन्त्री प्याट्रीक मून नेपाल भ्रमणको लागि पर्सि माघ ३ गते काठमाडौं आउनु हुने भएको छ । माघ ३ देखि ६ गतेसम्मको भ्रमणका क्रममा उहाँले सरकारी अधिकृतहरू, राजनीतिक नेताहरू, मानव अधिकारकर्मीहरू, र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग भेटी विद्यमान राजनीतिक परिस्थिति र शान्ति प्रक्रियाको निरन्तरता, अयोग्य माओवादी लडाकुहरूको शिविरबाट बिदाइको स्थिति, र आर्थिक विकाससम्बन्धी छलफल गर्नुहुनेछ ।

मून अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामलासम्बन्धी विभागका प्रमुख उप-सहायक मन्त्रीका रुपमा सन् २००९ मार्चमा नियुक्त हुनुभएको हो । उहाँले सन् २००८ जनवरीको शुरुदेखि अफगानिस्ताका लागि संयोजकको रुपमा र सन् २००८ जुन देखि २००९ मार्चसम्म अफगानिस्तानका लागि अमेरिकी उप-सहायक विदेश मन्त्रीको हैसियतमा काम गर्नुभएको थियो । यो मूनको पहिलो नेपाल भ्रमण हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.