तनहुँबाट हराएका ८ किशोरीको राजधानीमा उद्धार


कल्पना घिमिरे – काठमाडौ, २०६६ पुस ३० – तनहुँको माझकोट- ९ मिछुर्लुङ्गबाट सोमबार हराएका आठ किशोरीको नागढुङ्गा नाकाबाट उद्धार गरिएको छ । राजधानी भित्रिने र बाहिर जाने सवारी जाँचका क्रममा माइती नेपालले उनीहरुलाई एउटै बसमा काठमाडौं आइरहेको अवस्थामा फेला पारेको हो । उनीहरु त्यसै दिन भेटिए पनि मेडिकल जाँच र मनोबैज्ञानिक परामर्श पछि विहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मेडिकल जाँचमा सबै बालिकाको स्वास्थ्य स्थिति सामान्य रहेको माइती नेपालकी परामर्शदाता सुमित्रा श्रेष्ठले जानकारी दिइन् । घरबाट फिल्म हेर्न जान भनेर छ किशोरी र स्कुल जाने भनेर २ जना पुरानोबारीमा १० बजे भेला भेला भएर राजधानी लागेको उद्धार गरिएका किशोरीहरुले बताए । उनीहरु १२ देखि १७ वर्ष सम्मका छन् ।

उनीहरु कोही आफन्त र दिदीबहिनी हुन् । भेटिएका मध्ये दुई दिदी बहिनी १४ वर्षीया सपना र १२ वर्षीया सनु बराइली हुन् भने १५ वर्षीया शुसिला विक उनीहरुकी मामाकी छोरी हुन् । १७ वर्षीया सुकु नेपाली आफन्त पर्ने १६ वर्षीया जुना नेपालीको घरमा गएकी थिइन् । १२ वर्षीया उजेली विक, १५ वर्षीया मनिषा विक, १५ वषर्ीया सविना रानामगर छिमेकी हुन् ।

शुसिलाले काठमाडौं आएर काम गर्न घरबाट भागेका बताइन । आफ्नै गाउँको चिनेको दाइ राजु लामालाई भेटेर काम गर्ने योजनाले काठमाडौ आएको उनले बताइन् । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाका अनुसार किरोशीका आमाबाबुलाई जानकारी गराइएको र लिनका लागि काठमाडौं बोलाइएको छ । ‘शुक्रबार सम्ममा आइपुग्नु भनेका छौं । उनीहरुलाई बाबु आमाको जिम्मा लगाउँछौं ।’

One response to “तनहुँबाट हराएका ८ किशोरीको राजधानीमा उद्धार

  1. Maiti Nepal
    You are doing weldone job,thanks for rescuings those innocent girls who are nearly reached in heel.

    Sitaram

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.