Daily Archives: 14/01/2010

एसियाकै एकमात्र प्राकृतिक पुल ढुङ्गे साँघु सङ्कटमा


हरि बास्तोला – पोखरा

पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको एसियाकै एकमात्र प्राकृतिक पुल ढुङ्गे साँघु सङ्कटमा परेको छ । पर्यटकीय नगरी पोखराको दक्षिण भेगस्थित महतगौडा र टुङ्गालाई जोड्ने सेती नदीमाथि अवस्थित ऐतिहासिक सो प्र्राकृतिक पुल संरक्षणको अभावमा सङ्कटमा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज औंसी, सूर्यग्रहण र माघेसङ्क्रान्ति, आजबाट देवघाट धुम्रपान र मध्यपान निषेधित क्षेत्र घोषणा


चितवनको देवघाट क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र घोषणा गरिएको छ । आजदेखि सुरु भएको माघे सङ्क्रान्ति मेलालाई ध्यानमा राख्दै सो घोषणा गरिएको हो । देवघाट चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तनहुँबाट हराएका ८ किशोरीको राजधानीमा उद्धार


कल्पना घिमिरे – काठमाडौ, २०६६ पुस ३० – तनहुँको माझकोट- ९ मिछुर्लुङ्गबाट सोमबार हराएका आठ किशोरीको नागढुङ्गा नाकाबाट उद्धार गरिएको छ । राजधानी भित्रिने र बाहिर जाने सवारी जाँचका क्रममा माइती नेपालले उनीहरुलाई एउटै बसमा काठमाडौं आइरहेको अवस्थामा फेला पारेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी प्रमुख उप-सहायक मन्त्री नेपाल आउने


अमेरिकी प्रमुख उप-सहायक मन्त्री प्याट्रीक मून पर्सि नेपाल आउने दक्षिण तथा मध्य एसियाली मामलासम्बन्धी विभागका प्रमुख तथा अमेरिकी विदेश मन्त्रालयको उप-सहायक मन्त्री प्याट्रीक मून नेपाल भ्रमणको लागि पर्सि माघ ३ गते काठमाडौं आउनु हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एउटै गाउँबाट आठ किशोरी बेपत्ता


 सदरमुकाम दमौलीबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको तनहुँ जिल्लाको माझकोट गाविस वडा नं. ९ का एउटै गाउँका आठजना किशोरी हराएका छन् । ती किशोरीहरू सोमबारदेखि परिवारको सम्पर्क भन्दा बाहिर रहेकाले उनीहरूको परिवारमा रूवाबासी चलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माकुनेलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा राख्न माओवादी सहमत


प्रधानमन्त्री माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा राख्न एकीकृत नेकपा माओवादी सहमत भएको छ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग आज भएको भेटमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति जनाउनु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हाइटी अहिले सम्मकै ठुलो महाभूकम्प गयो हजारौँ मरे


हाइटीमा  हिजो अहिले सम्मकै ठुलो महाभूकम्प गयो, हजारौँ मरे । यो खबर सुन्ने बित्तिकै मलाई त्यहाँ कार्यरत सयौँ नेपाली सेना र प्रहरीलाई के भयो होला भन्ने खुल्दुली जाग्यो । भौगोलिक रुपमा टाढा भए पनि आखिर हामी नेपाली हौँ । धन्य, रातिसम्म पनि एक जना नेपाली सैनिकको घुँडा फ‌याक्चर भएको बाहेक अरु नराम्रो खबर सुन्नु परेको छैन बरु उद्धार कार्यमा खटिँदै गरेका नेपाली झण्डासहितका शान्ति सैनिकहरुको फोटो देख्‍न पाइएको छ अन्तर्राष्ट्रिय सञ्चार माध्यममा   ती नेपालीलाई माया गर्ने हाइटीवासीहरुलाई कस्तो छ होला सबको मंगल होस्, सबको कल्याण होस् । पढ्नेक्रम जारी राख्नुहोस्