साउदी अरबबाट १६ जना नेपाली घरेलु महिला कामदारहरुलाई उद्धार गरि नेपाल पठाईएको ताजा समाचार आज हामीलाई साउदी अरबबाटै संचालित सुप्रख्यात वेव पत्रिका नेपालअरब डट कमबाट उपलब्ध भएको थियो । जसलाई हामीले यथाशिघ्र प्रकाशित गरेका थियौं र सोही शिलशिलामा अहिले हामीलाई नेपाली दूतावास साउदी अरेबियाबाट पनि एक पत्र उपलब्ध भएको छ । जसमा दूतावासले ति महिलाहरुलाई नेपाल पठाउनको लागि गरेको पहल र निभाएको भूमिका ’bout उल्लेख गर्दै नेपालमा उनिहरुलाई सम्बन्धित आफन्तहरुसम्म पुर्याइदिन पौरखी (महिला अधिकार संरक्षण तथा उद्वारवादी संस्था) काठमाण्डौलाई अनुरोध पत्र पठाई सकेको खुलेको छ । जुन पत्रलाई हामीले लिंक गरी तल राखेका छौं, दूतावासको अनुरोध पत्र हेर्न कृपया तलको लिंकमा क्लिक गर्नु होला ।
Embassy Letter to Paurakhi Sanstha Ktm Nepal