एनआरएनए साउदी अरब श्रमिक उद्धार कार्यमा


राम श्रेष्ठ (साउदी अरब)

एनआरएनए साउदी अरबले बैदेशिक रोजगारका लागि साउदी अरबमा आएर बिचल्लीमा परेका बिभिन्न नेपाली श्रमिकहरुका उद्धार कार्यमा आफ्नो रुची जिम्मेवारीपन र सकृयता देखाउन थालेको छ । यसै क्रममा हालै मात्र यस संघले रियादमा २० जना र पहिले थुक्बा र पछि जेद्धा पुर्याइएका ४८ जना नेपाली कामदारको उद्धार गरी अधिकांशलाई सुरक्षित स्वदेश फर्कन मदत पुर्याएको छ । कर्णाली इन्टरनेशनल र क्यापिटल इन्टरनेशनल भन्ने २ म्यानपावर कम्पनीहरुबाट रियाद पठाइएका ती २०जना नेपाली श्रमिकहरुले भनिए बमोजिमको काम र तलब मात्र होइन खान बस्न समेत नपाएको अवस्थामा एनआरएनए रियादका उपाध्यक्ष रमेश भण्डारी सहितको एनआरएनए टीमले सम्बन्धित म्यानपावर कम्पनीहरुसमेतको सहयोगमा उक्त उद्धार गरेको हो भने थुक्बाका ४८ जनाको अर्को पीडित नेपाली कामदारहरुको समुहलाई एनआरएनए साउदी अरबका अध्यक्ष धरम के।सी। मध्यपुर्ब सह संयोजक राजु सैयद तथा स्थानीय ईस्लामिक दावा सेन्टरका नेपाली धर्मगुरु अब्दुर रहिम समेतको सहयोगमा उद्धार गर्ने शिलसिलामै पहिले स्थानीय खोबारको श्रम अदालत लेबर कोर्ट मुद्धा दायर गरिएपछि लेबर कोर्टकै आदेशमा साउदी रोजगार दाता कम्पनीले आफ्नो मुख्य कार्यालय जेद्धामा झिकाई उक्त श्रमिकहरुको इच्छा बमोजिम ती मध्ये ४२ जनाले १४ जनवरी २०१०मा स्वदेश फर्कन पाउने भएका छन । उपरोक्त पीडित ४२ जनालाई एनआरएनए जेद्धाका अध्यक्ष कृष्ण श्रेष्ठको पहलमा स्थानीय ट्राभल एजेन्सीद्वारा बिशेष सहुलियत प्रदान गर्दै मात्र ८७५ साउदी रियालमा स्वदेश फिर्ति हवाई टिकट उपलब्ध गराइएको हो जबकि जेद्धाबाट काठमाडौको सामान्य हवाई भाडादर १३ देखि १४ सय रियाल पर्दछ । उक्त पीडित ४८ जनाको समुहलाई स्थानीय नेपाली सेवा समिति जेद्धाले समेत केही आर्थिक सहयोग उपलब्ध गराएको छ ।

स्मरणीय छ हालै मात्र एनआरएनए साउदी अरबले साउदी अरबका बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी एक उद्धार समिति गठन गरेको थियो जो यस्ता उद्धार कार्यमा कृयाशिल हुनथालेको देखिदैछ । त्यसैगरी श्रमिक कल्याणका लागि स्थापित एनआरएएकै अर्को एक कल्याणकारी कोष साचालक समिति पनि आफ्ना सबै औपचारिक बिधि बिधान र कार्य समिति सहित यस्ता कल्याणकारी कार्यमा लाग्न तत्पर अवस्थामा छ ।

साउदी अरबमा कहाली लाग्दो अवस्थामा रहेको महीला कामदारहरुको उद्धारमा पनि एनआरएनए लाग्नैपर्ने स्थिती देखिएको छ र यसका लागि पनि एनआरएनए आइसिसी सदस्यमा हालै नियुक्त हुनुभएकी श्रीमति यास्मिन बेगमको बिशेष सहयोग सहित एनआरएनए र नेपाली जन प्रगतिशिल माच साउदी अरबको संयुक्त सहयोगमा स्वदेश फर्किने प्रतिक्षामा हाल साउदी जेलमा रहेकि निरु गुरुंगको हवाई टिकटको ब्यवस्था मिलाएर उद्धारको शुरुवात भैसकेको छ । यसका अतिरिक्त एनआरएनएको गत छैंठौं बैठकबाट हरेक महीना हरेक पिाजकृत एनआरएनले १ रियाल साउदी अरबका महीला कामदार उद्धारका लागि सहयोग गर्ने निर्णय भएको छ ।

तर यसरी चन्दा उठाई आर्थिक सहयोग गर्दैमा र पटके केशै पिच्छे उद्धार गर्दैमा यी २ प्रमुख सम्ास्याहरुको दीर्घ कालीन समाधान ननिस्कने निक्र्यौलमा पुगेको एनआरएनए साउदी अरबले त्यसैले आगामी डेढ महीनाभित्र ठोस सुझाव सहितको कार्यपत्र तयार पार्न यस संघका महा सचिव नारायण गुरुंग तथा नव मनोनित महीला आइसिसी सदस्य यास्मिन बेगमलाई जिम्मेवारी सुम्पेको छ । साथै नेपाली म्यानपावर ब्यवसायमा बिदेशी एजेन्ट दलालको संलग्नता बिना नै सम्पुर्ण डील नेपाली म्यानपावर ब्यवसायीले नै गर्नुपर्दछ भन्ने मान्यता र चाहना राख्ने एनआरएनए साउदी अरबले नेपाली हरुलाई बिभिन्न स्वरुपमा ठग्ने र बिचल्लीमा पार्ने म्यान पावर कम्पनीहरुलाई भने सश्ाक्त कार्बाही गरी सजाय दिनुपर्ने पक्षमा छ ताकि थप नेपालीहरु ती कम्पनीहरुबाट नठगिऊन । यस संघका अध्यक्ष लगायतका केही प्रतिनिधि पदाधिकारीहरुले हालै एनेकपा माओवादीका पोलिटब्युरो सदस्य क। बसन्तसंगको एक अन्तरकृयामा पनि यस्तै माग सुझावको रुपमा राखेका थिए जसलाई क। बसन्तले स्वीकार गर्नुभएको थियो । १४ जनवरीमा जेद्धाबाट स्वदेश फर्कन लागेको ४२ जना पीडित नेपाली श्रमिकहरुको समुहले पनि यस्तै प्रण गर्दै स्वदेशमै गई ती म्यानपावर कम्पनीहरुलाई जनस्तरमै कार्बाही गर्ने बताएका छन । यस अघि नै प्रकाशित समाचारमा जनाइए अनुसार ती ४८ जना नेपालीहरुलाई बिभिन्न ८ वटा नेपाली म्यान पावर कम्पनीहरुले ठगेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.