माओवादीको राष्ट्रवाद नौटङ्की हो, खुम बहादुर खड्का


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले माओवादीले उठाएको राष्ट्रवादको नारा नौटङ्की भएको आरोप लगाउनुभएको छ । कार्यकर्ता भेटघाटका लागि पर्वतको फलेबास आउनुभएका खड्काले आज बिहान प्रेस युनियन, पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीले उठाएको नागरिक सर्वोच्चताको मुद्दा काम नलागेपछि सत्ता छटपटीले राष्ट्रवादको नारा उचालेको बताउनुभयो ।

यसले जनतालाई भ्रममात्रै पार्छ खड्काले भन्नुभयो- माओवादीले उठाएको नागरिक सर्वोच्चताको कुनै अर्थ छैन् । एकपटक जनताको मन जितेर प्रधानमन्त्री भइसकेका प्रचण्डले नौटङ्की र जनविरोधी कार्य गर्न सुहाउँदैन । अर्को एक प्रसङ्गमा खड्काले राष्ट्रपतिले पनि संविधानका ’boutमा बोलेर विवाद बढाएको बताउनुभयो । राष्ट्रपतिले यस्ता विषयमा नबोलेको भए राम्रो हुन्थ्यो भन्ने उहाँको भनाइ छ । खड्काले तोकिएकै समयमा संविधान बन्ने दाबी गर्दै समयसीमाभित्र हुन त्यो हुन नसकेमा छ महिना सङ्कटकाल लगाएरमात्रै समय थप्न सकिने बताउनुभयो ।

खड्काले उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नभएको बताउनुभयो । तीनजनामात्रै भएर केही गर्न सक्दैनन् म उच्चस्तरीय संयन्त्रको पक्षमा छैन । उहाँले भन्नुभयो । संविधानसभामा सहभागी सबै दलहरू मिलेर संयन्त्र बनाउनुपर्छ भन्दै खड्काले गिरीजाबाबुले पार्टीको विधानविपरीत निर्णय गरेको आरोपसमेत लगाउनुभयो । भारतसँगको १९५० को सन्धि पुनरावलोकनको मुद्दा उठाउने कम्युनिस्टहरूले चीनले नेपालको हिमाल मिचेको कुरामा भने मौन बसेको टिप्पणी गर्नुभयो । नेता खड्काले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदमा लड्नका लागि कार्यकर्ताको भावना बुझ्न जिल्ला भ्रमणमा हिँडेको खुलासा गर्नुभयो । अध्यक्ष पदमा उठ्ने नउठ्ने निर्णय गरिसकेको छैन, तर जहाँ गए पनि कार्यकर्ताहरूको राम्रो रेस्पोन्स पाएको छु, उहाँले भन्नुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.