राष्ट्रिय स्वाधिनताको आन्दोलनका लागि मिचिएको सीमा क्षेत्र निरीक्षण गर्न गएका नेताहरुलाई हिजो भारतीय सुरक्षाकर्मीहरुले अवरोध खडा गरेनन् । तर आज रुपन्देहीको खुर्दलोटन बाँध अवलोकन गर्न गएका माओवादीका महासचिव रामबहादुर थापा बादलसहितको टोलीलाई भने सीमा सुरक्षा बल एसएसबीले रोकेका छन् । उनीहरुले बाँध निरीक्षण गर्न समेत दिएनन् । त्यति मात्र कहाँ हो र, पत्रकारहरुलाई समेत एसएसबीले लखेटेछन् । चौथो चरणको आन्दोलन अन्तर्गत २७ गते नै सबै ठाउँमा निरीक्षण गर्ने भनिए पनि बादलले भने आज गर्न लागेका थिए । हिजो टनकपुर ब्रह्मदेवमण्डीमा भने प्रचण्ड जाँदा एसएसबी केही पर हटेको स्थानीय सञ्चारकर्मीहरुले बताउँदै गरेको टेलिभिजनमा देखिएको थियो । हिजै बाबुराम सुस्तामा र मोहन वैद्य पशुपतिनगर गएका थिए ।
ma chhakka pareko chhu kuwait nepal le sarai chhito chhito news update gareko dekhera. good job guyes and keep it up.
Manoj sir ani Panthi ji hajur haru le ramro kaam garnuvayeko chha tara saaune jhari nahos, yehi mero sujab chha.
jay ale jastai sadabahar hunuhola hai>>??<<?
Aggred with Mr. Hom saying…………keep it up !!!
Hi manoj congratulation la kati ramro lagayo ne ta news padhana pauada perdesh maa basda pani nepali news padhana pauada nepal nai pugeko aabhas bhayo