Daily Archives: 12/01/2010

माओवादीको राष्ट्रवाद नौटङ्की हो, खुम बहादुर खड्का


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले माओवादीले उठाएको राष्ट्रवादको नारा नौटङ्की भएको आरोप लगाउनुभएको छ । कार्यकर्ता भेटघाटका लागि पर्वतको फलेबास आउनुभएका खड्काले आज बिहान प्रेस युनियन, पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीले उठाएको नागरिक सर्वोच्चताको मुद्दा काम नलागेपछि सत्ता छटपटीले राष्ट्रवादको नारा उचालेको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति मर्यादा, अधिकार क्षेत्र र सीमाभित्र रहनुपर्छ -एमाले


एमाले संसदीय दलले राष्ट्रपति डा. रामवरण यादवलाई पदीय मर्यादा, अधिकार क्षेत्र र सीमाभित्र रहन सचेत गराएको छ । तर एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले नै राष्ट्रपतिलाई सचेत गराएको विषयमा भने पार्टीभित्रै विवाद देखिएको छ । १४ जेठमा संविधान जारी नभए संविधानसभाको म्याद थप्न खोज्नु नाजायज भएको भन्ने राष्ट्रपतिको सार्वजनिक अभिव्यक्ति’bout सोमबार एमाले संसदीय दलमा छलफल भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

बैंकको ब्याज वृद्धि, ऋण तिर्न नसक्नेको संख्या आकाशिँदै


देशमा लगानी मैत्री वातावरण नभएको अवस्थामा बैंकहरूले धमाधम कर्जामा ब्याजदर बढाएपछि ऋण तिर्न नसक्नेको संख्या बढ्ने भएको छ । केही समयअगाडिदेखि बैंकहरूले तरलताको समस्या देखाएर ३ देखि ५ प्रतिशतसम्म ब्याज बढाएपछि यो संख्या बढ्ने स्थिति देखिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भारतलाई माओवादीको चुनौतीपूर्ण चेतावनी


एकीकृत माओवादीका वरिष्ठ नेताहरूले एकैदिन भारतद्वारा अतिक्रमित सीमाका पाँच ठाउँमा उभिएर भूमि फिर्ता गर्न भारतलाई चुनौती दिएका छन् । उनीहरूले मिचिएको भूमि फिर्ता नगरिए कडा संघर्ष गर्ने चेतावनीसमेत दिए । चौथो चरणको आन्दोलन राष्ट्रिय स्वाधीनताका लागि भन्दै माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव रामबहादुर थापा ‘बादल’ सीमाक्षेत्र अवलोकन गर्न गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीका महासचिव बादललाई पनि रोके एसएसबीले


राष्ट्रिय स्वाधिनताको आन्दोलनका लागि मिचिएको सीमा क्षेत्र निरीक्षण गर्न गएका नेताहरुलाई हिजो भारतीय सुरक्षाकर्मीहरुले अवरोध खडा गरेनन् । तर आज रुपन्देहीको खुर्दलोटन बाँध अवलोकन गर्न गएका माओवादीका महासचिव रामबहादुर थापा बादलसहितको टोलीलाई भने सीमा सुरक्षा बल एसएसबीले रोकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लिन्ड्सेको कारले फोटाग्राफर घाइते


लसएन्जल्सस्थित द होटल क्याफेबाट फर्कंदै गर्दा चर्चित गायिका तथा नायिका लिन्ड्से लोहनको कारले आइतबार एकजना फोटाग्राफरलाईर् ठक्कर दिएको छ । फोटोग्राफर कारको ठक्करबाट घाइते भएका छन्, उनको कारले फोटोग्राफरलाई ठक्कर दिएको थियो । कारले जानीबुझी फोटोग्राफरलाई ठक्कर दिएको र त्यसपछि तीव्र गतिमा भागेको समाचारमा उल्लेख छ । २३ वर्षिया गायिका तथा नायिका लिन्ड्सेले कार भने आफैले चलाएकी थिइनन् । लसएन्जल्स प्रहरी विभागका अनुसार फोटोग्राफरको हातमा गम्भीर चोट लागेको छ । ठक्करपछि फोटोग्राफरलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । फोटोग्राफर घटनालाई लिएर लिन्ड्सेविरुद्ध अदालत जाने योजनामा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

फेवातालको अस्तित्व संकटमा


वर्षेनी पुरिनेक्रम बढ्दै गएपछि फेवातालको अस्तित्व सङ्कटमा पर्न थालेको छ । जाइकाको सहयोगमा गरिएको एक अध्ययन अनुसार फेवाताल प्रत्येक दुई वर्षमा वर्षमा ०.१८ वर्ग किलोमिटर क्षेत्रफल पुरिंदै आएको छ । जापानी संस्था जाइकाको सहयोगमा फील्ट कन्सल्टेन्ट नामक संस्थाले गरेको अध्ययनमा यसरी नै ताल पुरिने क्रम जारी रहे १५० वर्षभित्र तालको अस्तित्व मेटिने सम्भावना देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पू्र्व गोर्खा सैनिकले मुद्दा हारे


ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीले जुलाई १, १९९७ अघि अवकास प्राप्त गोर्खा सैनिकलाई दिने पेन्सनमा न्यायिक पुनरावलोकनको मुद्दा दायर गरेको थियो । पूर्व सैनिकहरूले आफ्ना बेलायती समकक्षीले पाएको पेन्सनको एक तिहाइमात्र पाउने गरेका छन् । पूर्व गोर्खा सैनिकले आफ्ना बेलायती समकक्षीसरह सुविधा माग गर्दै बेलायती सर्वोच्च अदालतमा रक्षा मन्त्रालयविरुद्ध दायर गरेको मुद्दा हारेका छन् । अदालतले हङकङबाट बेलायत गएको रेजिमेन्टले मात्र पेन्सन वृद्धि पाउनु कानुनअनुरुप भएको स्वीकार गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्