विश्वब्यापी नेपाली गजल प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न


प्रनेसा समाज- 

डायस्पोरामा सक्रिय संस्था प्रवासी नेपाली साहित्य समाज प्रभात वेलायत ब्रुनाईको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा विश्वब्यापी रेडियो गजल प्रतियोगिताको पहिलो चरण अन्तर्गत गजल स्रष्टाहरुको अत्याधिक सहभागिता रहेको छ । आफ्नै स्वरमा गजल रेकर्ड गरि इमेल मार्फत आयोजकलाई पठाई प्रतियोगितामा सहभागिता जनाउन सकिने यस रेडियो गजल प्रतियोगिताको लागि आफै रेकर्ड गर्ने प्रविधि र ज्ञान नभएका स्रष्टाको लागि पनि आयोजकले शिधै सम्पर्क गरि रेकर्ड गर्दे आएका छन् । यस प्रतियोगिताको लागि विभिन्न संस्थाहरुले पुरस्कारको प्रायोजन गरेका छन् । प्रथम दोस्रो र तेस्रो पुरस्कार क्रमश २० हजार १० हजार र ५ हजार नगद रुपैया रहेको छ । नेपाली साहित्यको इतिहासमै ब्यापक रुपले विश्वब्यापी गजल प्रतियोगिताको आयोजना भएको सम्भवत यो पहिलो अवसर हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुक ब्यक्तिले pravasisamaj@googlemail.com मा आफ्नो गजल पठाउन सकिनेछ वा फोन नं. 00673 8893020 मा सम्पर्क गरि तत्कालै रेकर्ड गराउन सकिनेछ । प्रतियोगि गजल आगामी माघ ६ गते सरस्वती पुजाको दिन भित्र प्राप्त भईसक्नु पर्नेछ । विस्तृत जानकारीको लागि www.pravasi.com.npwww.sahityaGhar.com हेर्न आग्रह गरिएको छ । सहभागि उत्कृष्ट गजलहरु केही रेडियो मार्फत प्रसारण हुनेछ साथै प्राप्त गजलहरु वेभसाइटमा उपलब्ध हुने जनाईएको छ । एक दशक अघि स्थापना भएको साहित्य समाजले प्रत्येक बर्ष नेपालका एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ भने केही महिना अघि बरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई पुरस्कृत गरेको थियो त्यस्तैगरि साहित्य मंचले अनलाइन विश्व वेभक्याम नेपाली कविता प्रतियोगिता पहिलो २०६४ र दोस्रो २०६५ सफलतापूर्वक सम्पन्न गरि सकेको छ ।

स्मरण रहोस, गजल प्रतियोगितालाई प्रभावकारी बनाउनको लागि प्रचारप्रसारको निमित्त आयोजक संस्थाले काठमाडौमा गजल अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो भने रेडियो नेपालको गजल गंगा कार्यक्रममा सहभागिता जनाई सकेको छ । विस्तृत जानकारीको लागि मधुपर्क र गरिमा पत्रिको नयाँ अंकमा हेर्न सकिनेछ ।

5 responses to “विश्वब्यापी नेपाली गजल प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न

  1. k ma pa yo programe ma shahavagita janauna sakchhu? arko patak ma

  2. i like this……………every one should realize this once

  3. i like this……………every one should realize this once
    clickhere

  4. Its a very nice and i like very much!!!!!!

  5. Its a very nice ….Thanks so much ….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.