सुरु भयो सिमा क्षेत्र अबलोकन


अतिक्रमिक सीमा क्षेत्रको अवलोकनका क्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मिचिएका सिमा र राष्ट्रिय स्वाधिनताका लागि अन्तिम सम्म लडिरहने बताउनुभएको छ । आइतबार कञ्चनपुरको टनकपुरको ब्रम्हदेवमा भारतद्वारा अतिक्रमित सिमा निरिक्षण पछि ब्रहदेवमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष प्रचण्डले विदेशीसंग घुँडा टेकेर मात्रै सिंहदरबार पस्न पाईन्छ भन्ने पुराना शासकको मानसिकता तोड्न जरुरी भएको बताउनुभयो । आफुहरुको यो अभियान विदेशी प्रभुहरुको विरुद्धको अभियान भएको चर्चा गर्दै अब युग बदलिएको र जनताले स्वाधिनताचाहेको स्पष्ट पार्नुभयो । उहाँले आफ्नै देशका गद्दार र आत्मसर्मपणवादीहरुको राष्ट्रप्रतिको धोका र विश्वासघातका कारण विदेशीहरुले नेपालीलाई हेपेको बताउनु भयो ।

सिमाना पिल्लर र झण्डा गायव भएको प्रसंग उल्लेख गर्दै भारतीय हस्तक्षेप र थिचोमिचो बिरुद्ध आवाज उठाउने जनता प्रति सहानुभुति प्रकट गर्नुभयो । उता नेपालको ६० हेक्टर भन्दा बढी भुमि भारतले आक्रमण गरेको एकिकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले दाबि गरेका छन् । भारतसंग सन् १९५० मा गरिएको सुगौली सन्धि खारेज गर्नुपर्ने माग राख्दै भारतिय अतिक्रमणका विरुद्व वाईसियल प्रयोग गरिने वताएका छन् ।  एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको सन् १९५० को सम्झौता धोका भएकाले खारेज हुनुपर्नेमा जोड दिनु भएको छ ।

आज नवलपरासीको सुस्ताको सिमा अनुगमन पश्चात नवलपरासीको बेलाटारीमा आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपाल र भारतबीच भएका असमान सन्धि सम्झौताहरु खारेज हुनुपर्ने माग गर्दै उपाध्यक्ष भट्टराईले सुस्तावासीलाई यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण, सञ्चार, स्वास्थ्य शिक्षालगायत अन्य कुराको विकासमा आफ्नो पार्टी लागिपर्ने विश्वास दिलाउनुभयो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.