खोरेत रोग नियन्त्रण गर्न धामीझाँक्रीबाट झारफुक


पशुहरुमा खोरत रोगको लक्ष्यण देखिएपछि म्याग्दीको हिस्तान गाविसको औल रिम र सबन्देका बासिन्दाहरुले धामीझाँक्री र झारफुक गरेका छन् । औषधी उपचारका साटो धामीझाँक्रीबाट झारफुक गरेका कारण र्‍याल काढ्ने, खुट्टा खोच्याउने झोक्र्याउने जस्ता लक्ष्यण देखिने रोगको प्रकोप फैलीएको स्थानीय कृषक यामप्रसाद पुर्जाले बताउनुभयो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख प्रेम शर्मा सापकोटाले जनचेतनाको कमिका कारण सो ठाउँमा खोरेतको लक्ष्यण भएको सो रोगको प्रकोपबाट पशुहरु बिरामी भएका जानकारी दिनुभयो । जनचेतनाको कमिका कारण ग्रामिण क्षेत्रमा मानव तथा पशुहरुमा रोग लाग्दा धामीझाक्री गर्ने चलन अझै कायमै रहेकाले स्वाथ्य क्षेत्रमा चुनौती थपिएको हिस्तान स्वास्थ्य चौकीका प्रमुख हरि ढकालले बताउनुभएको छ । सो लक्ष्यणबाट त्यहाँका करिब एक सय पशुहरु बिरामी भएको पशु सेवा केन्द्र घारले जनाएको छ । अन्धविश्वासमा आधारित रुढीबादी चलन हटाउन त्यहाँ जनचेतनामुकल अन्र्तक्रीया कार्याक्रम साचालन गरिएको केन्द्रका पशु स्वास्थ्य प्राबिधीक राजेश पाण्डेले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.